कुथेली बुखरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैंकिङ खबर/कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ […]


सेयर धितोकर्जा घट्यो

बैंकिङ खबर/सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितोकर्जा घटेको छ । ११ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट यो अवधिमा बैंकबाट धितोमा जाने कर्जा ७.२ प्रतिशतले घटेको छ । जेठ मसान्तसम्म सेयर धितोमा ७४ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । गत असार मसान्तमा ८० अर्ब ५० करोड ७८ […]


घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने

बैंकिङ खबर/घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) विधिसम्मत भर्ने सबैले पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस कम्पनीमा कुल ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन् । कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खोलेको थियो । धितोपत्र बाँडफाँट निर्देशिकामा पुगेसम्म आईपीओ आवेदन स्वीकृत हुने सबैलाई १० कित्ताका दरले […]


नयाँ ७ ब्रोकरलाई कारोबारको सदस्यता

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्यता दिइएको छ । नेप्से सञ्चालक समिति बैठकले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो। सोही निर्णयबमोजिम भौतिक र प्राविधिक रुपमा सबै मापदण्ड पूरा गरेका ७ वटा ब्रोकर कम्पनीलाई कारोबार सदस्य प्रदान गरिएको हो। कारोबार सदस्यता पाउने नयाँ […]


घोराहीको आईपीओ पुनः निष्काशनः सिटिजन सन र नेपाल लाइफको आउँदै

बैैंकिङ खबर/ घोराही सिमेन्ट्सको आईपीओ निष्काशन पुनः सुचारु भएको छ । असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आईपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ। कम्पनीको आईपीओमा असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ३१ गतेसम्म लम्बिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बोर्डको […]


नयाँ ब्रोकरलाई सदस्यता प्रदान गर्ने नेप्सेको निर्णय

बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ ब्रोकर कम्पनीलाई कारेबार सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । बुधबार बसेको नेप्से सञ्चालक समितिले मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने निर्णय गरेको हो । योसँगै सबै मापदण्ड पूरा गरेका नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल […]


आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ खुला, माण्डुको २८ गतेदेखि खुल्ने

बैंकिङ खबर/आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि बिक्री खुला भएको छ । इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड […]


घोराही सिमेन्टको आइपिओ फेरि खुल्ने, यस्तो छ धितोपत्र बोर्डको विज्ञप्ति

बैंकिङ खबर/ घोराही सिमेन्टको आइपिओ  पुनः खुल्ने भएको छ । धितोपत्र बोर्डले सोभन्दा पहिले हाल कम्पनीमा आवेदन दिएकाहरूले लगानी झिक्न वा थपघट गर्न तीन दिनको समय पाउने व्यवस्था गरेको छ । यस्तो समयपछि कम्पनीले अर्को सात दिनसम्म आइपिओ खुला राख्न सक्ने व्यवस्था धितोपत्र बोर्डले गरिदिएको हो। बिक्री प्रबन्धकले सूचना जारी गरेर लगानीकर्तालाई समय दिनेछ। बोर्डले […]


मार्केट सेक्युरिटिज एक्सचेन्जमाथि सेबोनको कारबाही

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिमाथि कारबाही गरेको छ। धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६को दफा १८(१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजमाथि कारबाही गरेको छ। मार्केट सेक्युरिटिजमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४को दफा ७फको उपदफा (१)को खण्ड (ख)बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ […]


यी पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले सिटिजन लाइफ, सन नेपाल लाइफ, मान्डु हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । सिटिजन लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ थप प्रिमियम सहित २४४ रुपैयाँका दरले सर्वसाधारणको लागि १ करोड १२ लाख […]