लकडाउनसँगै नेप्से पनि १५ गतेसम्म बन्द हुने संकेत

बैंकिङ खबर । हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाखसम्म लम्ब्याउने निर्णय गरेको छ । लकडाउन बढेसंगै सेयर बजार पनि १५ गतेसम्म बन्द हुने देखिएको छ। यस विषयमा आज बस्ने नेप्सेको संचालक समितिले आधिकारीक निर्णय गर्ने छ ।


शेयर बजार अझै एक साता बन्द

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को कारोबार अझै एक साता बन्द हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार साँझ नेप्सेलाई अर्को एक साता कारोबार बन्द गर्न निर्देशन दिइसकेको छ । गत बुधबारदेखि बन्द रहेको शेयर बजार आगामी २५ गतेसम्म बन्द रहने छ ।


धितोपत्र बोर्डले कोषमा जम्मा गर्यो ५० लाख, मातहतका निकायलाई सहयोगको अपिल

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ । बोर्डले रोगको संक्रमणलाई मुलुकमा फैलिन नदिन सहयोग रकम कोषको खातामा जम्मा गरेको बोर्डका प्रवक्ता निरज गिरीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धितोपत्र पुँजीबजारको नियमनकारी निकायका रुपमा रहेको बोर्डले पुँजी बजारसँग सम्बन्धीत […]


शेयर बजारमा कोरोना प्रभाव ? परिसूचकमा भारी गिरावट

बैंकिङ खबर । यो साताको शेयर बजारमा कोरोनाको नकारात्मक प्रभाव देखिएको छ । नेप्से परिसूचकमा भारी गिरावट आएको छ । गत साता १३७७.१८५ अंकमा बन्द भएको बजार यो साता १२६९.६५६४ अंकमा कायम भएको छ । पाँच दिनमा आठ अर्ब २६ करोडको कारोबार भएको छ । गत साता तीन दिनमा पाँच अर्ब ५० करोडको कारोबार भएको […]


सेयर कारोबार तत्काल बन्द गर्न धितोपत्र बोर्ड सहमत

बैंकिङ खबर ।  सेयर कारोबार केही समयका लागि बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगकोे छलफलपछि बोर्डले बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो । यसबारे अर्थ मन्त्रालयको सहमति लिएर बोर्ड सञ्चालक समिति बैठकले आधिकारीक निर्णय गर्नेछ । कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा निरन्तर गिरावट […]


शेयर बजारमा कोरोना भाइरसको प्रभाव छैन : धितोपत्र बोर्ड

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले शेयर बजारको पछिल्लो अवस्थाबाट हतोत्साहित भएर शेयर किनबेचको निर्णय नगर्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ । केहि दिन यता दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले हतोत्साहित नहुन आग्रह गरेको हो । बोर्डले बजारमा कोरोना भाइरसको प्रभाव नरहेको पनि बताएको छ । बोर्डले […]


नेप्सेमा गिरावटको क्रम जारी, तीन दिनमा साँढे पाँच अर्बको कारोबार

बैंकिङ खबर । शेयर बजारमा यो साता पनि गिरावटको क्रम जारी रहेको छ । गत साता १४३५.७००८ अंकमा बन्द भएको नेप्से परिसूचक यो साता १३७७.१८५ अंकमा कायम भएको छ । मंगलबारदेखि विहीबारसम्म जम्मा तीन दिनको कारोबारमा पहिलो दिन नै ८५ अंकले घट्न पुग्यो । दोस्रो दिन १४२३ अंक नाघेको बजार विहीबार पुनः ओरालो लागेको हो […]


कोरोना भाइरसको प्रभाव : भारतको शेयर बजारमा पहिरो

बैंकिङ खबर । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण भारतीय शेयर बजार प्रभावित भएको छ । विहीबार भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टी दुवैमा गिरावट आएको छ । सेन्सेक्समा १२ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । सेन्सेक्स नौ प्रतिशत अर्थात ३१५० अंकले घटेको छ । यसअघि सन् २००८ को अक्टोबरमा सेन्सेक्स १०.९६ प्रतिशतले घटेको […]


कोरोना प्रभाव : टप धनाढ्यहरुको सम्पत्ति लगातार घट्दै

बैंकिङ खबर । कारोना भाइरसको संक्रमणका कारण यति बेला समग्र विश्व अर्थतन्त्र नै प्रभावित बन्न पुगेको छ । यसको प्रभाव स्पष्ट रुपमा विश्वकै धनाढ्यहरुको सम्पत्तिमा देखिन थालेको छ । फोर्ब्सका अनुसार, गत सोमबार मात्रै विश्का टप १० धनाढ्यको सम्पत्ति ३७.७ विलियन अमेरिकी डलरले घट्यो । यसलाई अक्टोबर १९८७ को मार्केट क्र्यासपछिको ठूलो क्र्यास भनिएको छ […]


आयोजना प्रभावितका लागि लिबर्टी इनर्जीको आईपिओ खुल्यो

बैंकिङ खबर । लिबर्टी ईनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयवासीको लागि आईपिओ निष्काशन खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानियलाई १५ लाख कित्ता शेयर निष्काशन गरेको हो । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् । आईपिओमा छिटोमा चैत्र ११ र ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सकिने […]