समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनी बोर्डकाे कारबाहीमा (सूचीसहित)

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले समयमै वित्तीय विवरण नबुझाएका सूचीकृत ८८ कम्पनीलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरुलाई कारबाही स्वरुप जरिवाना तिराइएको अध्यक्ष रमेश हमालले बताए । कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए । उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार […]


कुमारी बैंकको ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। संस्थापक सेयरधनी लीलाबहादुर गुरुङको नाममा रहेको ९१ हजार ६ सय ३८ कित्ता सेयर बिक्रीका लागि राखेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयर बिक्रीको पहिलो प्राथमिकता विद्यमान संस्थापकहरुलाई नै दिनुपर्ने व्यवस्था छ। उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकहरुले ३५ दिन भित्र निवेदन दिन सक्ने बैंकले […]


उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, यी ३ तरिकाबाट हेर्न सकिने

बैंकिङ खबर/ उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड सम्पन्न भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो। क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर […]


काठमाडौंसहित ३५ जिल्लामा पुगे स्टक ब्रोकरका शाखा(सूचीसहित)

बैंकिङ खबर/ स्टक ब्रोकर कम्पनीहरुले विभिन्न जिल्लामा शाखा विस्तारको क्रमलाई बढाएका छन् । काठमाडौंसहित देशका ३५ जिल्लामा ब्रोकर कम्पनीहरुले शाखा विस्तार गरेका छन् । नेपाल स्टक एक्स्चेन्जका अनुसार देशभर ८२ वटा स्टक ब्रोकर कम्पनी सञ्चालनमा छन् । यीमध्ये केहीले भने सीमित कारोबार गर्न सक्नेछन् । सञ्चालनमा रहेका यी ८२ स्टक ब्रोकरमध्ये ४३ कम्पनीले काठमाडौंबाहिर शाखा […]


भिजन लुम्बिनीको आईपीओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

बैंकिङ खबर/भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि कात्तिक १६ गतेदेखि २० गतेसम्म निष्काशन खुला गरेको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो । उक्त शेयर २ लाख ७ हजार ५ सय २३ जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाएका छन् […]


आरक्षणमा किनेको धितोपत्र ६ महिना बिक्री निषेध

बैंकिङ खबर/सामूहिक लगानी कोषले आरक्षणअन्तर्गत किनेको धितोपत्र कम्तीमा ६ महिना बिक्री गर्न नपाउने भएको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समिति बैठकले हालै यस्तो निर्णय गरेको हो । सामूहिक लगानी कोष नियमावली ०६७ को दफा ४६ मा संगठित संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा सामूहिक लगानी कोषलाई कुल धितोपत्रको कम्तीमा पाँच प्रतिशत छुट्याउनुपर्ने व्यवस्था छ । ‘सार्वजनिक रूपमा […]


नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन अर्थ समितिको निर्देशन

बैंकिङ खबर/ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ । नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेञ्जका लागि आवेदन मागेको १ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा आवेदन माग गरेपछि सर्वोच्च अदालतको आदेशले आवेदन दिने म्याद नसकिंदै रोकिएको लाइसेन्स प्रक्रिया पछिल्लो पटक गत वैशाखमा प्रधानमन्त्रीको निर्देशन र २९ जेठमा […]


समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनी बोर्डको कारबाही

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गरेको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले वित्तीय विवरण नबुझाउने वा ढिलो गरी बुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय गर्दै स्पष्टीकरण सोधेको हो । सूचीकृत कम्पनीहरूले समयमै बोर्डलाई बुझाउनुपर्ने विवरण नबुझाएका कम्पनीलाई कारवाही गर्ने निर्णय भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए । वार्षिक वित्तीय […]


निफ्राले लाभांश दिने

बैंकिङ खबर/नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले हुन आउने ९० रोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय […]


म्युचुअल फण्डले आईपीओ ६ महिनासम्म बिक्री गर्न नपाउने

बैंकिङ खबर/अब सामुहिक लगानी कोष(म्युचुअल फण्ड) ले आईपीओ बाँडफाँट भएको ६ महिनासम्म बिक्री गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सोमबार अब म्युचुअल फण्डलाई सेयर बाँडफाँट भएको ६ महिनासम्म आरक्षणको आईपीओ बेच्न प्रतिबन्ध लगाएको हो । बोर्डका अनुसार यो नियम आगामी कात्तिक २१ गतेबाट लागू हुने छ। बोर्डका अनुसार संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने […]