बैंकको ऋण तिर्दिन भन्नेलाई सरकारले नियन्त्रणमा लिन्छः अर्थमन्त्री पुन

बैंकिङ खबर/ नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त)ले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न गएको टोलीसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा कुरा गर्दै मन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका […]


राष्ट्र बैंकले ८ अर्बको विकास ऋणपत्र जारी गर्दै, न्यूनतम लगानी ५० हजार

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ८ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । ८ वर्ष अवधिको विकास ऋणपत्रमा नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी तथा अन्य संघसंस्थाले लगानीका लागि आवेदन दिन सक्नेछन् । बोलकबोल माध्यमबाट यसको ब्याजदर निर्धारण हुन्छ । न्यूनतम ५० हजार रुपैयाँ र ५० हजारले भाग जाने अंकमा […]


बैंकिङ प्रणालीबाट एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले फागुन २४ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। फागुनमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]


बैंकहरुबाट एकैदिन रु. १६ अर्ब कर्जा प्रवाह, अन्तरबैंक ब्याजदर ३% तल

बैंकिङ खबर/ बैंकहरुबाट एकैदिन १६ अर्ब रुपैयाँ कर्जा भएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार फागुन २० गते बैंकहरुबाट १६ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो। फागुन २० सम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५० खर्ब ८८ अर्ब रुपैयाँ रहेको छ। यो अघिल्लो दिनको तुलनामा १६ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिन फागुन […]


बैंकहरूले ब्याज अनुदानबापतको १२ अर्ब पाएनन्

बैंकिङ खबर/ बैंकहरूले दिँदै आएको सहुलियतपूर्ण कर्जा अहिले ठप्प छ । सहुलियत रूपमा उपलब्ध गराएको ऋणको ब्याजबापतको रकम सरकारले नदिएपछि अहिले बैंकहरूले यो कर्जा दिएका छैनन् । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गर्दै उद्यमशीलता प्रवर्द्धन गर्न पाँच प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउँदै आएको थियो । पाँच प्रतिशतभन्दा बढी लाग्ने बैंकको […]


मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङबाट गरिने कारोबारको सीमा निर्धारण

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा निर्धारण गरेको छ । जस अनुसार मोबाइल एप्लिकेशन (क्यूआर कोड समेत) बाट दैनिक ३ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ । यस्तै, इन्टरनेट बैंकिङ प्रणालिमार्फत दैनिक २० लाख रुपैयाँसम्म वित्तीय कारोबार गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ । तर, कुनै व्यक्तिको नाममा […]


केन्द्रीय बैंकमा सवा खर्ब निक्षेप राखेका बैंकहरुद्धारा ट्रेजरी बिल्समा ६४ अर्बको आवेदन

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधित तरलताको समस्या झनै बढ्दै गएको छ । आइतबार एक खर्ब २३ अर्ब रुपैयाँ स्थायी निक्षेप राखेका बैंक तथा वित्तीय संस्थाले सोमबार नै ६४ अर्बको ट्रेजरी खरिद आवेदन दिएका छन् । बैंक तथा वित्तीय संस्थाले आइतबार ३ प्रतिशत ब्याजदरमा एक खर्ब २३ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसको […]


एकैदिन ५ अर्बले बढ्यो निक्षेप, सीडी ८०% नजिकै

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बिहीबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप शुक्रबारसम्म बढेर ६१ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै बिहीबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८७ अर्ब रुपैयाँ रहेकोमा शुक्रबार घटेर ५० खर्ब ८६ अर्ब रुपैयाँमा झरेको छ। एकैदिनमा कर्जा […]


१३ अर्ब बढीको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक, आज बोलकबोल

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ। राष्ट्र बैंकले १३ अर्ब ४ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने ६ अर्ब ४ करोड ५० लाख रुपैयाँको र १८२ दिने ७ अर्ब रुपैयाँ ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः २०८१ जेठ […]


बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाह वृद्धि र माग बढ्दैनः गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताए । उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए । उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ […]