सहुलियतपूर्ण कर्जामा २२ अर्ब ३९ करोड रुपैयाँ खर्च

बैंकिङ खबर/सरकारले सहुलियतपूर्ण कर्जाको लागि २२ अर्ब ३९ करोड रुपैयाँ खर्च गरेको छ। साउनदेखि माघ मसान्तसम्म प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको लागि सरकारले उक्त अनुदान दिएको हो। सरकारले १० वटा क्षेत्रमा सहुलियतपूर्ण कर्जा दिँदै आएको छ। २ खर्ब १४ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएकोमा व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १ खर्ब २९ अर्ब रुपैयाँ प्रवाह […]


सरकारले सोमबार २० अर्ब ७१ करोड आन्तरिक ऋण उठाउने

बैंकिङ खबर/सरकारले चैत १२ गते २० अर्ब ७१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकमार्फत सरकारले चार प्रकारको ट्रेजरीमार्फत कूल २० अर्ब ७१ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । बैंकको सूचना अनुसार २८ दिने ट्रेजरीका लागि ५ अर्ब (नयाँ ट्रेजरी) छुट्याइएको छ भने ९१ दिने ट्रेजरीका […]


नेपालका १० ठूला बैंकको लेखापरीक्षण गर्ने प्रक्रिया अघि बढाइयो

बैंकिङ खबर/अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा गरिन लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखा परीक्षणको प्रक्रिया अघि बढेको छ। राष्ट्र बैंकले यसको लागि अन्तर्राष्ट्रिय लेखा परीक्षकहरूबाट आवेदन माग गरेको छ। आगामी अप्रिल ७ गते १२ बजेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ। यस्ता लेखापरीक्षकको योग्यताको आधारमा ५० प्रतिशत, अनुभवलाई ४० प्रतिशत र क्षमतालाई […]


तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि रु. ५० अर्ब खिच्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बिहीबार मात्र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ तानेको थियो । चैतमा यो दोस्रोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन […]


बैंकिङ प्रणालीबाट एकैपटक रु. ५० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ खबर/अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज चैत ८ गते एकैपटक ५० अर्ब रुपैयाँ खिच्ने भएको छ। चैतमा यो पहिलोपटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्न लागेको हो। राष्ट्र बैंकले यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा […]


नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १ अर्ब ९१ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको छ । राष्ट्र बैंकले २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो । […]


समस्याग्रस्त शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान

बैंकिङ खबर/समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान गरिएको छ। नेपाल राष्ट्र बैंकस्थित वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै उक्त समस्याग्रस्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान गरेको हो। यसअघि गत फागुन १४ गते […]


ठूला सहकारीलाई राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानूनी प्रबन्ध गरिने

बैंकिङ खबर/सरकारले ठूला सहकारीलाई केही समयका लागि नेपाल राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा राख्न कानूनी प्रबन्ध गर्ने प्रतिबद्धता जनाएको छ । सत्ता गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा यस्तो प्रतिबद्धता जनाएको हो । मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने बताए । “ठूलो कारोबार […]


बैंकहरुमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको करिब २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका […]


एकदिनमै बैंक-वित्तीय संस्थाले राष्ट्र बैंकमा राखे १ अर्ब निक्षेप

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले १ दिनमै १ अर्ब रुपैयाँ निक्षेप जम्मा गरेको छ । बैंक तथा वित्तीय संस्थाले चैत ४ गते आइतबार मात्रै ९१ अर्ब ७० करोड रुपैयाँ निक्षेप राखेका थिए । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बैंक तथा वित्तीय संस्थाले धमाधम केन्द्रीय बैंकमा निक्षेप राख्न थालेको हो । फागुन […]