५.३८ प्रतिशतले बढ्यो उपभोक्ता मुद्रास्फीति

बैंकिङ खबर/चालु आर्थिक वर्ष (२०८०)को कात्तिकमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो। बिहीबार राष्ट्र बैंकले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कात्तिकमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत […]


शोधनान्तर स्थिति एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा

बैंकिङ खबर/ मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण अनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो । समीक्षा […]


यस्तो छ चार महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को चार महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । आयात ३.८ प्रतिशतलेघटेको, निर्यात ७.७ प्रतिशतलेघटेकोर कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले घटेकोछ । विप्रेषण आप्रवाह […]


मर्जर तथा एफपीओको कर विवाद मुद्दा हेर्दाहेर्दैमा

बैंकिङ खबर/मर्जर तथा एक्विजिसनको बार्गेन पर्चेज गेन र एफपीओको कर विवादको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा हेर्दाहेर्दैमा बसेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना मल्ल प्रधान, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ बुधबार नसकिएकाले हेर्दाहेर्दैमा परेको हो । मुद्दाको अन्तिम सुनुवाइका लागि बिहीबारको पेसी तोकिएको छ । १५ […]


‘मौद्रिक नीतिको परिवर्तनले बैंक, वित्तमा सकारात्मक प्रभाव’

बैंकिङ खबर/अर्थमन्त्री प्रकाशशरण महतले मौद्रिक नीतिमा गरिएको परिवर्तनको सकारात्मक असर घरजग्गा कारोबार र शेयरमा देखिएको बताएका छन्। बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिबिम्बित भइरहेको बताएका हुन्। अर्थमन्त्री महतले २०८० चैत्र सम्म समस्यामा परेका ऋणीहरुलाई कर्जाको पुनसंरचना गर्ने […]


क्यासवे मनी ट्रान्सफरको कारोबार बन्द

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले क्यासवे मनी ट्रान्सफर प्रालिको कारोबार बन्द गरेको छ। राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै विप्रेषण विनियमावली २०७९ को विनियम ३१, उपविनियम १ बमोजिम कम्पनीको कारोबार बन्द गर्न लागेको बताएको हो। राष्ट्र बैंकले उक्त कम्पनीको कारोबार बन्दको पूर्वस्वीकृति दिन लागेकाले यसको जानकारी सम्बन्धित सरोकारवालाहरुमा पुर्याएको हो। यस्तै कम्पनीसँग कुनै संघसंस्थाको लेनदेन […]


विदेशी विनिमय कारोबार नियमावली संशोधन, विदेशी मुद्रा कारोबारको लाइसेन्स प्रदेशबाट

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली-२०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । जसअनुसार विदेशी मुद्राको कारोबारको इजाजत अबदेखि प्रदेशबाट नै लिन सकिने छ । संशोधित विनियामवलीमा राष्ट्रियस्तर बाहेकका वित्तीय संस्थाले आफ्नो केन्द्रीय कार्यालय […]


अब बैंकले विदेशी विनिमय कारोबारको इजाजतपत्र नवीकरण गर्नु नपर्ने

बैंकिङ खबर/बैंकहरुले विदेशी विनिमयको कारोबार गर्न एकपटक इजाजत दिएपछि नवीकरण गर्नु नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था अनुसार अब बैंकले एकपटक विदेशी विनिमयको कारोबार गर्न इजाजत लिएपछि हरेक पाँच वर्षमा नवीकरण गरिरहनुपर्दैन । यस्तै बैंक […]


बैंकले घटाउन थाले ब्याजदर

बैंकिङ खबर/वाणिज्य बैंकहरुले ब्याजदर घटाउन थालेका छन्। कुमारी, एनआइसी एशियापछि सोमबार एनएमबीले ब्याजदर घटाएको छ। मौद्रिक नीतिको समीक्षापछि बैंकहरुले धमाधम ब्याजदर घटाउन थालेका हुन् । केन्द्रीय बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो समीक्षा गरेसँगै शनिबारदेखि नै बैंकहरुले ब्याजदर घटाएर सूचना प्रकाशित गर्न थालेका हुन् । कुमारी बैंकले शनिबार अघिल्लो महिनाको तुलनामा करिब १ प्रतिशत विन्दुले […]


राष्ट्र बैंकले साढे १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आज सोमबार १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले उक्त रकम बराबरको ट्रेजरी नवीकरण गर्न लागेको हो । ट्रेजरी बिल मंसिर २६ गते जारी हुने छ । केन्द्रीय बैंकले बैंकले ९१ दिन, १८२ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको […]