बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घट्ने

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकदर र नीतिगत दर घटाएपछि घट्दो क्रममा रहेको ब्याजदर झनै घट्ने भएको हो । शुक्रबार सार्वजनिक पहिलो त्रैमासिक समीक्षाअनुसार बैंकदर ०.५ प्रतिशत विन्दु र नीतिगत दर १ प्रतिशत विन्दुले घटाएपछि ब्याजदर थप घट्ने भएको हो । ‘मुद्रास्फीतिलाई […]


बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाइयो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ। नीतिगत दर १ प्रतिशतले घटाएर ७ प्रतिश, निक्षेप संकलन दर ०.५ प्रतिशत र बैंक दर ०.५ प्रतिशतले घटाइएको छ।  


नियतवश कर्जा नतिर्नेलाई कारबाही, ऋणी हेरेर मात्र सहुलियत

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिकको समीक्षामा बैंकहरुले कर्जा पुनर्संरचना गर्न पाउने व्यवस्था गरिएको छ। नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउने उल्लेख छ। तर, परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण […]


मौद्रिक नीति तर्जुमाको लागि सुझाव दिन बाह्य विज्ञहरु सम्मिलित सल्लाहकार समिति गठन गरिने

बैंकिङ खबर/मौद्रिक नीतिमा सुझाव दिन अब बाह्य विज्ञहरु सम्मिलित समिति बन्ने भएको छ। केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षामा मौद्रिक नीति तर्जुमामा सुझाव दिनको लागि मौद्रिक नीति सल्लाहकार समिति गठन गर्ने प्रस्ताव गरेको छ। ‘मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने छ,’ समीक्षामा भनिएको […]


यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा(पूर्णपाठसहित)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । जसमा रियलस्टेट कर्जा र शेयर धितो कर्जाको जोखिमभार घटाएको छ। बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा रु ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । त्यस्तै नीतिगत दर घटाएर बैंकहरुलाई ब्याजदर […]


मौद्रिक नीतिको पहिलो समीक्षा आउँदै, पारित गर्न राष्ट्र बैंक सञ्चालक समिति बस्यो

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गर्दै छ । राष्ट्र बैंकको सञ्चालक समितिमा अहिले समिक्षा पारित गर्न छलफल भइरहेको छ । बिहीबार दिउँसो गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षता गर्ने व्यवस्थापन समितिले समीक्षा पारित गरिसकेको छ। राष्ट्र बैंकले करिब एक महिना ढिलो गरेर समिक्षा सार्वजनिक गर्न लागेको हो […]


आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा नहुने, यो वर्ष ५ प्रतिशत मात्रै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालू आवमा ४/५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै चालू आवमा ४/५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको बताएका हुन्। उता सरकारले भने आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको […]


बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १४.९ प्रतिशतले बढ्यो: राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको दाबी गरेका छन्। अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप गत वर्ष ८.२ प्रतिशतले बढेकोमा चालु वर्ष १४.९ प्रतिशतले बढेको पनि बताए। बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले […]


‘दुर्गा प्रसाईंको २० लाखसम्म ऋण मिनाहाको हल्लाले बैंकहरू हच्किए’

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वितीय संस्थाहरूको निक्षेप चालु आर्थिक वर्षमा १४.९ प्रतिशतले बढेको बताएका छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले बैंक तथा वित्तीय क्षेत्रतर्फ गत वर्ष २०७९ असोजमा ५.३ प्रतिशतले बढेको विस्तृत मुद्राप्रदाय २०८० असोजमा १४ प्रतिशतले बढेको बताए। उनले […]


चालू आवमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने राष्ट्र बैंकको अनुमान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पेस गर्नुभएको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धमा संक्षिप्त नोटमा चालू आर्थिक वर्षमा ४ देखि ५ प्रतिशतको आर्थिक वृद्धि हुने उल्लेख छ । आर्थिक वर्ष २०८०÷८१ […]