बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ । ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ । मुद्दति र अन्य निक्षेप खाताको को […]


सबै क्षेत्रको कर्जा बढ्दा २० प्रतिशतले घट्यो गाडीमा जाने ऋण

बैंकिङ खबर/चालू आर्थिक वर्षको ६ महिनामा सबै क्षेत्रमा कर्जा प्रवाह बढ्दा गाडी खरिदमा घटेको छ। हायर पर्चेज कर्जा करिब २० प्रतिशतले घटेको हो। राष्ट्र बैंकले जारी गरेको तथ्यांकअनुसार हायर पर्चेज कर्जा १९.९ प्रतिशतले घटेको छ। २०७९ असार मसान्तसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह भएकोमा पुस मसान्तसम्म १ खर्ब ४३ अर्ब रुपैयाँमा […]


६ महिनामा १ खर्ब ९२ अर्ब कर्जा प्रवाह, सेवा क्षेत्रमा सबैभन्दा बढी

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ४.९ प्रतिशतले बढेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्म वार्षिक विन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको हो। २०८० पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १९२ अर्ब ६४ करोडले […]


नेपालको शोधनान्तर अवस्था सुधार हुँदै, २ खर्ब ७३ अर्ब बचतमा

बैंकिङ खबर/शोधनान्तर अवस्था सुधार हुँदै गएको छ। पुस मसान्तसम्ममा शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९२ अर्ब १५ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६९ करोड ७४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ६ करोडले बचतमा रहेको छ। त्यस्तै […]


औसत डेढ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर

बैंकिङ खबर/कर्जाको ब्याजदर औसत डेढ प्रतिशत बिन्दुले घटेको छ। वार्षिक बिन्दुगत आधारमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको हो। चालु आवको ६ महिना पुस मसान्तसम्म आइपुग्दा कर्जाको ब्याजदर औषत १.४१ प्रतिशतले घटेर ११.३८ प्रतिशतमा आएको छ। योसँगै पछिल्लो एक वर्षमा कर्जाको ब्याजदर १.४१ प्रतिशतले घटेको देखिएको हो। २०८० पुसमा वाणिज्य बैंकहरुको औसत कर्जाका ब्याजदर ११.३८ प्रतिशत, […]


राष्ट्र बैंकमा जागिरः २ हजार ४५४ जनाको आवेदन पुनः सच्याएर भर्न सुचित

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका रोजगारी खोज्ने २ हजार ४५४ जनाले अनलाइन मार्फत मागिएको फर्म नै भर्न जानेनन् । त्यसैले राष्ट्र बैंकले ती आवेदकले भरेको अनलाइन फर्ममा तोकिएको विवरण पेश नगरेको र आवश्यक कागजत प्रविष्ट नगरेको भन्दै पुनः आवेदन सच्याएर भर्न सुचित गरेको छ । केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार विज्ञापन नम्वर ११/२०८० देखि […]


राष्ट्र बैंकले अवकाश कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा राख्ने

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंकमा निक्षेपको रूपमा राख्ने भएको छ । बैंकले २०८० फागुन ६ गतेदेखि २०८१ फागुन ५ गतेसम्म कूल ३६६ दिनका लागि योग्य बैंक तथा वित्तीय संस्थामा उक्त रकम एफडी(मुद्दती निक्षेप) मा राख्ने भएको हो । बैंकले एक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय […]


मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक मौद्रिक नीति दोस्रो त्रैमासिक समीक्षाको तयारीमा रहेको छ । अबको एक हप्ताभित्र दोस्रो समीक्षा सार्वजनिक गर्ने राष्ट्र बैंकले तयारी गरेको छ । विद्यमान नीतिको प्रभाव र अबको आवश्यकताबारे अध्ययन तथा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ। मौद्रिक नीतिको पहिलो समिक्षा मार्फत केहि सहजता ल्याउने प्रयास गरेपनि अपेक्षा गरेअनुसारको आर्थिक गतिविधि हुन […]


बैंकहरुमा करिब साढे २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकको करिब साढे २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको उपदान तथा पेन्सन कोष र कर्मचारी सुरक्षण कोषमा रहेको २ अर्ब ४५ करोड रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। जसमा पेन्सन कोषको २ अर्ब २० करोड रुपैयाँ र सुरक्षण […]


राष्ट्र बैंकको प्रतिवेदन : कोशीमा किबी खेती गर्दा बढी लाभ, किसानलाई कर्जा आवश्यक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा किबी खेती गर्दा किसानलाई तुलनात्मक लाभ बढी रहेको, तर त्यस निम्ति सहुलियतपूर्ण कर्जा प्रवाह वृद्धि गर्न आवश्यक रहेको जनाएको छ । केन्द्रीय बैंकले ‘कोशी प्रदेशमा व्यवसायिक किबी खेतीको अवस्था, सम्भावना र चुनौतीहरू’ शीर्षकमा विशेष अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै इलाम बाहेक प्रदेशका ५८ प्रतिशत किसानहरू करिब दशकयता किबी फल […]