February 13th, 2017

६१ प्रतिशतले घट्यो राष्ट्रिय बीमा संस्थानको मुनाफा

राष्ट्रिय बीमा संस्थानले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थानको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१ दशमलव १५ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

९३ लाख रुपैयाँ चुक्ता पूँजी भएको संस्थानले जगेडाकोषमा ३१ करोड ८५ लाख रुपैयाँ र जीवन बीमाकोषमा १२ अर्ब चार करोड ४८ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ३० दशमलव ८० प्रतिशतले घटेर एक करोड १३ लाख रुपैयाँ पुगेको छ भने खर्च १० दशमलव ५७ प्रतिशतले बढेर ७६ लाख रुपैयाँ पुगेको छ ।

यो अवधिमा कम्पनीले बीमाशूल्क वापत एक अर्ब १५ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको छ भने एक अर्ब २८ करोड ३२ लाख रुपैयाँ बराबरको दाबी भुक्तान गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]