June 8th, 2016

५ अर्ब ८० करोडको ट्रेजरी बिल विक्रि गर्दै राष्ट्र बैंक

nrbनेपाल राष्ट्र बैंकले ५ अर्ब ८० करोड रुपैँया बराबरको ट्रेजरी बिल विक्रि गर्ने भएको छ । राष्ट्र बैंकले पछिल्लो समय बढीरहेको अधिक तरलता प्रशोचनका लागि आगामी मंगलबार ट्रेजरी बिल विक्रि गर्न लागेको हो । ९१ दिने अवधिको २ सय ५० करोड करोड रुपैँया र ३ सय ६४ दिने अवधिको ३ सय ३० करोड रुपैँयाको ट्रेजरी विक्रि गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका हनुसार, ९१ दिने अवधिको ट्रेजरी भदौ २८ गते परिपक्व हुनेछ भने ३ सय ६४ दिने ट्रेजरी ०७४ जेठ ३० गते परिपक्व हुनेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]