June 16th, 2016

“३० प्रतिशत शेयरधनी सहमत भए मर्जर प्रक्रिया अघि बढ्छ”

ceoहाम्रो विकास बैंक गत साता नै ज्योति विकास बैंकसंग मर्जरमा जाने बताइएको भएपनि अहिलेसम्म मर्जर प्रक्रिया अघि बढ्न सकेको छैन । हामीले हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालसंग मर्जर प्रक्रिया रोकिएकोबारे दुईसाताअघि कुराकानी गरेका थियौँ । त्यतिबेला उनले केही हप्ताभित्रै मर्जरबारे निर्णय हुने बताएका थिए । तर अहिलेसम्म पनि मर्जर प्रक्रियाबारे हाम्रो विकास बैंक अलमल देखिएको छ । यसै सन्दर्भमा हाम्रो विकास बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालसँग सहकर्मी शारदा भण्डारीले गरेको संक्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिन्छ ।  

ज्योति विकास बैंकसँगको मर्जर प्रक्रिया के भईरहेको छ ?
हामीले बैशाख ३१ गते बसेको साधारण सभाको बैठक पछि तत्कालका लागि मर्जर प्रक्रिया स्थगित भएको जानकारी दिएका थियौँ । मर्जर प्रक्रियासँग सम्बन्धित कार्यहरु बैंक सञ्चालक समिति र मर्जर कमिटिले गर्ने हो । उहाँहरुबिचमा आपसि छलफल निरन्तर रुपमा भईरहेको छ ।

चैतमा नै सकाएर बैशाखदेखि कारोबार थाल्ने भन्नुभएको थियो नि ?
खासगरि भन्नुपर्दा कुनैपनि संस्थाको निर्णयका पछाडि त्यस संस्थामा संलग्न शेयर होल्डरहरुको प्रमुख भुमिका हुन्छ । यहाँपनि यहि भैरहेको छ । कुनै पनि बैंक मर्जरमा लैजानका लागि ७५ प्रतिशत भन्दा बढि शेयरधनीहरुको स्विकृति हुनु आवश्यक छ । तर हाम्रो बैंक मर्जरको लागि जम्मा ४५ प्रतिशतको मात्र मर्जरको पक्षमा सहमति छ । यसर्थ अब ३० प्रतिशत शेयरधनीबाट मर्जरका पक्षमा सहमति भएमा यो कार्य पुन अगाडि बढ्छ ।

अब कति समय लाग्ला यसको विषयमा टुङ्गो लगाउन ?
हाम्रो बैंक मर्जर हुन लागेको बैंकको वित्तीय अवस्था कमजोर भएकोप्रति आशंका व्यक्त गर्दै बाँकी शेयरधनीहरु पन्छिएका छन् । तर हाम्रा लागि भने कुनै आपत्तिको बिषय छैन । शेयरधनिहरुको आवश्यक प्रतिशत मात्रा प्राप्त हुनासाथ मर्जर प्रक्रिया थालनी गरी कारोबार अगाडि बढ्ने छ ।

आवश्यक प्रतिशत पुर्याउन यहाँहरुले कस्ता खालका पहलहरु गरिरहनुभएको छ ?
बैंक सञ्चालक समिति र मर्जर कमिटिबिचमा दिनहँुजसो वार्तालाप भईरहेको छ । अरु मर्जरको विपक्षमा रहेका शेयरधनीहरुलाई ‘तपाईहरुले जे बुझिरहनुभएको छ, त्यो गलत बुझाई हो, ज्योति विकास बैंकको वित्तीय विवरण त्यस्तो कमजोर छैन‘ भनि सञ्चालक समिति, मर्जर कमिटि र स्वयं हामी पनि उहाँहरुलाई बुझाउनतर्फ लागिरहेका छौँ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]