June 27th, 2017

२.३२ अंकले घट्यो सेयर बजार, ६१ करोडको कारोबार

साताको पहिलो दुई दिन हरियो भएको सेयर बजार मंगलबार राताम्मे भएको छ । नेप्से परिसूचक २.३२ अंकले घटेर १५६५.४० अंकमा कायम भएको छ । होटल, विकास बैंक र बीमा क्रमशः ०.९८, ०.२३ र ८.६ अंकले बढेका छन् भने बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक र अन्य क्रमशः २.८४, ९.७६, ६.७८, ५.०४ र ०.८७ अंकले घटेका छन् । 

परिसूचक घटेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । दिनभरिमा १५१ वटा कम्पनीको १० लाख १६ हजार पाँच सय ६३ कित्ता सेयर पाँच हजार नौ सय २७ पटक खरिदविक्री हुँदा कुल ६१ करोड ११ लाख ८२ हजार पाँच सय ३२ रुपैयाँ पुँजी परिचालन भएको छ । 

हिमालयन जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै पाँच करोड १४ लाख ५३ हजार रुपैयाँको सेयर कारोबार हुँदा लुम्बिनी जनरल इन्स्योरेन्सको साढे पाँच करोडमाथिको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको क्रमशः तीन करोड ८८ लाख र तीन करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एभरेष्ट बैंकको दुई करोड ४० लाखमाथिको कारोबार हुँदा सानिमा माइ हाइड्रो, सानिमा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक प्रोमोटर लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर सेयरधनीले सबैभन्दा धेरै ६.०९ प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र लुम्बिनी जनरल इन्स्योरेन्सका सेयरधनीले क्रमशः ६.०३ र ५.८१ प्रतिशतका दरले कमाएका छन् । नेशनल माइक्रोफाइनान्स, एक्सेल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, हिमालयन डिस्टीलरी, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्रो, लक्ष्मी भ्यालु फण्ड लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको वल्र्ड मर्चेन्ट बैंकिङका सेयरधनीले सबैभन्दा धेरै ९.६७ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । रिलायन्स फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स, अरुण फाइनान्स, जनता बैंक, ज्योति विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, एनसीसी बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]