February 16th, 2018

२७ जना चार्टर्ड एकाउन्टेन्ट थपिए

बैंकिङ खबर । मुलुकमा यस वर्ष २७ जना चार्टर्ड एकाउन्टेन्ट थपिएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले गत डिसेम्बरमा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विहीबार प्रकाशित नतिजाअनुसार यो वर्ष २७ जना चार्टर्ड एकाउन्टेन्ट उत्तीर्ण भएका छन् । 

क्याप वानमा सात सय २९ परीक्षार्थीमध्ये चार सय ८८ जना उतीर्ण भएका छन् भने क्याप टु मा एक हजार चार सय २८ परीक्षार्थीमध्ये दुई सय ४३ जना उतीर्ण भएका छन् । यस्तै क्याप थ्रीमा पाँच सय ४३ जना परीक्षार्थीमध्ये दुवै समूहमा गरी ७७ जना उत्तिर्ण भएको संस्थाले जनाएको छ ।

चार्टर्ड एकाउन्ट्न्टस् सदस्यता परीक्षामा भने ३५ जना उतीर्ण भएको बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]