February 16th, 2018

२५ मेगावाटको जलविद्युत् परियोजनामा आधा दर्जन बैंकको लगानी

धौलागिरी कालिका हाईड्रो लिमिटेडले म्याग्दी जिल्लाको दर्वाङ्ग, निसकोट, वावियाचौरमा अवस्थित म्याग्दी खोलाको पानीबाट २५ मेगावाट क्षमताको “दर्वाङ्ग म्याग्दी जलविद्युत परियोजना” निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा बैंक, प्रभु बैंक, कुमारी बैंक, सेञ्चुरी बैंक, महालक्ष्मी विकास बैंक र मुक्तिनाथ विकास बैंकले अधिकतम ७० प्रतिशत लगानी गर्नेछन् । उक्त परियोजना सम्पन्न हुन तीनवर्ष लाग्ने र परियोजनाले वार्षिक पन्ध्र करोड युनिट बिजुली उत्पादन गर्ने बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]