March 9th, 2017

२५ करोडको वैदेशिक रोजगार बचतपत्र चैत्र २ गतेदेखि, १० प्रतिशत व्याज पाइने

नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्ने भएको छ । १० प्रतिशत व्याज दिने र प्रत्येक छ महिनमा व्याज भुक्तान गर्ने गरी पाँच वर्षे अवधिको वैदेशिक रोजगार बचतपत्र विक्री गर्नका लागि राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले आवेदन माग गरेको हो । बचतपत्र विक्री चैत्र २ गतेदेखि २४ गतेसम्म खुला हुने र निष्काशन चैत्र ३० गते गरिने जानकारी दिइएको छ । 

घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्मका लागि आवेदन दिन सकिने बताइएको छ । यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ । यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन समेत सकिने सुविधा रहेको छ ।

आवेदन फारम पाइने स्थान, बुझाउने स्थान लगायत अन्य थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://nrb.org.np/pdm/pdmo_feb/4_Issue%20Notice–Foreign_Employment_Bond_2078_Ga-New.pdf


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]