April 28th, 2017

२५ करोडको ट्रेजरी बिल आइतबार

नेपाल राष्ट्र बैंकले २५ करोड एक लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिने अवधिका लागि उक्त ट्रेजरी बिल खरिद गर्न चाहनेलाई आइतबार (बैशाख १७ गते) अपरान्ह ३ बजेभित्र बोलपत्र पेश गर्न आह्वान गरेको छ । ट्रेजरी बिलको निष्काशन मंगलबार (वैशाख १९ गते) हुनेछ । उक्त ट्रेजरी बिल आगामी साउन १७ गते परिपक्व हुनेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]