October 29th, 2017

२० प्रतिशत बोनस सेयर जारी गर्दै ‘मुक्तिनाथ विकास बैंक’, चुक्तापुँजी अढाई अर्ब नाघ्ने

मुक्तिनाथ विकास बैंक लिमिटेडका सेयरधनीले २१.०५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको बैंकको कात्तिक ८ गते बसेको संचालक समितिको १८१औँ बैठकले गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । 

बैंकले हालै जारी गरेर हकप्रद सेयरसहित कायम हुने चुक्तापुँजीको २० प्रतिशत बोनस सेयर वितरण गर्नेछ । ४० प्रतिशत हकप्रद सेयर निष्काशन गरेर मुक्तिनाथले दुई अर्ब १५ करोड ९८ लाख दुई हजार सात सय ६४ रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । 

बैंक संचालक समितिद्धारा प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी झन्डै दुई अर्ब ६० करोड रुपैयाँ पुग्नेछ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]