April 23rd, 2017

१७०० अंक नजिक नेप्से परिसूचक, डेढ अर्बमाथिको कारोबार

साताको पहिलो दिन सेयर बजार १६९३.७२ अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरु भएको १० मिनेटमा नै तीन प्रतिशतले बढेर सर्किट ब्रेक लागेको बजार अन्ततः ३५.३८ अंकको वृद्धिसँगै बन्द भएको हो । आइतबार कारोबार भएका सबै समूहहरु बढेका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य क्रमशः ३१.३७, २.२, ३०.१९, २६.१२, १४.९९, ३१८.९३, ३५.४२ र १०.४१ अंकले बढेका छन् । 

आइतबार कारोबार रकम पनि सन्तोषजनक नै रहेको छ । दिनभरिमा १४२ वटा कम्पनीको २२ लाख २० हजार एक सय ७५ कित्ता सेयर १० हजार एक सय ९१ पटक खरिदविक्री हुँदा एक अर्ब ५३ करोड ३८ लाख १८ हजार आठ सय १२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको सात करोड ६१ लाख आठ हजार पाँच सय ९६ रुपैयाँको कारोबार भएको छ । सिद्धार्थ इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको छ करोड, नेशनल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक र प्राइम लाइफ इन्स्योरेरेन्सको पाँच करोड, सूर्या लाइफ इन्स्योरेन्स,गुराँस लाइफ इन्स्योरेन्स र अरुण काबेली हाइड्रोको चार करोड तथा नेपाल इन्स्योरेन्सको तीन करोडमाथिको सेयर कारोबार भएको छ । 

राष्ट्रिय बीमा कम्पनीका प्रोमोटर र साधारण दुवै सेयरधनीले १० प्रतिशतका दरले आफ्नो सम्पत्ति बढाएका छन् भने कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ९.९३ तथा लक्ष्मी भ्यालू फण्ड र देवः विकास बैंकका सेयरधनीले क्रमशः ७.४४ र ७.२५ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्स, युनाइटेड फाइनान्स, साना किसान विकास बैंक र अरुण फाइनान्सका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले कमाउँदा शिखर इन्स्योरेन्सका सेयरधनीले ४.६९ प्रतिशतका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको माउन्ट मकालु डेभलपमेन्ट बैंकका सेयरधनीले ६.२५ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने नविल ब्यालेन्स फण्डका सेयरधनीले ५.०२ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, विजय लघुवित्त, सिनर्जी फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रो, ङादी ग्रुप पावर, समिट माइक्रोफाइनान्स, सिन्धु विकास बैंक, काबेली विकास बैंक लगायत १९ वटा कम्पनीका सेयरधनीले पनि गुमाएका छन् ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]