March 22nd, 2017

१४८१.७ अंकमा पुग्यो सेयर बजार, एक अर्ब ३६ करोडको कारोबार

साताको पहिलो दिनदेखि नै उल्लेख्य रुपमा बढिरहेको सेयर बजार बुधबार पनि दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १९.४७ अंकले बढेर १४८१.७० अंकमा पुगेको छ । बीमा समूहबाहेक कारोबार भएका सबै समूह बढेका छन् । सबैभन्दा धेरै विकास बैंक ४०.४७ अंकले बढेको छ । बैंकिङ, होटल, जलविद्युत्, फाइनान्स र अन्य समूह क्रमशः २७.६, २७.२८, २५.४१, ८.२१ र २.९ अंकले बढेका छन् । बीमा भने ११६.७६ अंकले घटेको छ । 

परिसूचक बढेपनि कारोबार रकममा भने मंगलबारको तुलनामा गिरावट आएको छ । मंगलबार एक अर्ब ४२ करोडको कारोबार भएको बजारमा बुधबार एक अर्ब ३६ करोड १९ लाख ६२ हजार एक सय २४ रुपैयाँको कारोबार भएको छ । दिनभरिमा १४५ वटा कम्पनीको २४ लाख ९७ हजार नौ सय १४ कित्ता सेयर १० हजार तीन सेयर ५५ पटक खरिदविक्री भएका छन् । 

कुल कारोबारमध्ये, सानिमा बैंकको सात करोड १६ लाख ३४ हजार सात सय ११ रुपैयाँको कारोबार भएको छ भने नेपाल बैंक र एनसीसी बैंकको क्रमशः पाँच करोड ९४ लाख र पाँच करोड १७ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक प्रोमोटर, नेशनल लाइफ इन्स्योरेन्स र प्रभु बैंकको चार करोडमाथिको कारोबार भएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंक र शिखर इन्स्योरेन्सको क्रमशः तीन करोड ९० लाख र तीन करोड २७ लाखको कारोबार भएको छ । नेपाल एसबीआई बैंकको दुई करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । 

नेरुडे लघुवित्तका सेयरधनीले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाउँदा एनएमबि माइक्रोफाइनान्स, आईएलएफसीओ माइक्रोफाइनान्स, काबेली विकास बैंक, लक्ष्मी लघुवित्त, सेती फाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स लगायतका सेयरधनीले पनि ९ प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको राप्तीभेरी विकास बैंकका सेयरधनीले ७.०६ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मितेरी डेभलपमेन्ट बैंक, नेको इन्स्योरेन्स र कालिका माइक्रोक्रेडिटका सेयरधनीले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेपाल ग्रामीण विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, एभरेष्ट इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]