February 11th, 2018

१३८४.७१ अंकमा झर्यो सेयर बजार, ४२ कम्पनीका सेयरधनीले कमाए

बैंकिङ खबर । आइतबार सेयर बजार ६.३२ अंकले घटेर १३८४.७१ अंकमा कायम भएको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह क्रमशः २.६७, ३.४, ८.४६, २२.४५, २.६२, ४०.२२, ५.५९, ७.९८ र १२.७४ अंकले घटेका छन् । व्यापार समूह स्थिर रहेको छ ।

दिनभरिमा १५९ वटा कम्पनीको छ लाख ७० हजार पाँच सय ८९ कित्ता सेयर तीन हजार एक सय ४९ पटक खरिदविक्री हुँदा २४ करोड ४२ लाख ६८ हजार आठ सय ३१ रुपैयाँको कारोबार भएको छ । ओम डेभलपमेन्ट बैंक प्रोमोटर, कालिका माइक्रोक्रेडिट, नविल बैंक प्रोमोटर र कामना सेवा विकास बैंक प्रोमोटरको एक करोडमाथिको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो, कुमारी बैंक, नविल बैंक, एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको क्रमशः ९६ लाख, ८५ लाख, ७६ लाख, ६७ लाख, ६७ लाख र ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

जम्मा ४२ वटा कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै कालिका माइक्रोक्रेडिटका सेयरधनीले ६.९५ प्रतिशतका दरले कमाएका छन् । वल्र्ड मर्चेन्ट बैंकिङ, बरुण हाइड्रो, नागबेली लघुवित्त, दिव्यश्वरी हाइड्रो, खानीखोला हाइड्रो, एनआईबिएल समृद्धि फण्ड, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, भार्गव विकास बैंक, सूर्योदय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् ।

यता, आरएसडीसी लघुवित्त, मल्टिपर्पोज फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका सेयरधनीले क्रमशः ९.९६, ५.३२ र ५ प्रतिशतका दरले गुमाएका छन् । सिन्धु विकास बैंक, गरिमा विकास बैंक, हाम्रो विकास बैंक, आईएमई जनरल इन्स्योरेन्स, लक्ष्मी बैंक, नेशनल हाइड्रो, नेपाल इन्स्योरेन्स लगायतका सेयरधनीले पनि गुमाएका छन् ।   


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]