July 20th, 2016

११ महिनामा सवा ५ खर्ब तरलता प्रशोचन

liquidityआर्थिक वर्ष २०७२/७३ को एघार महिनासम्ममा नेपाल राष्ट्र बैंकले ५ खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । राष्ट्र बैंकले पटकपटक गरी विभिन्न औजारमार्फत सो अनुपातमा तरलता प्रशोचन गरेको हो । जसमध्ये, निक्षेप बोलकबोलमार्फत् २ खर्ब ९७ अर्ब ५० करोड रुपैयाँ, रिभर्स रिपोमार्फत् (टर्नओभरको आधारमा) २ खर्ब १० अर्ब ९५ करोड रुपैयाँ, नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत् १० अर्ब रुपैयाँ तथा सोझै बिक्री बोल–कबोलमार्फत ९ अर्ब १० करोड रुपैयाँ तरलता प्रशोचन गरेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप बोल–कबोलमार्फत् १ खर्ब ५ अर्ब रुपैयाँ, रिभर्स रिपोमार्फत् २ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ तथा सोझै बिक्री बोल–कबोलमार्फत् ६ अर्ब तरलता प्रशोचन भएको थियो । 

आर्थिक वर्ष २०७२/७३ को एघार महिनासम्ममा नेपाल राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ४ अर्ब १ करोड खुद खरिद गरी ४ खर्ब २३ अर्ब ९० करोड रुपैयाँ बराबरको खुद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब ६२ करोड खुद खरिद गरी ३ खर्ब ५४ अर्ब ७६ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको थियो । 

सो अवधिमा अमेरिकी डलर ३ अर्ब १२ करोड र यूरो ११ करोड बिक्री गरी ३ खर्ब ४२ अर्ब ८० करोड रुपैयाँ बराबरको भा.रु. खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ३ अर्ब १८ करोड बिक्री गरी ३ खर्ब १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको भा.रु. खरिद भएको थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]