July 16th, 2017

१० लाख माथिको कारोबार चेकमार्फत अनिवार्य 

अबदेखि एकैपटकमा १० लाख रुपैयाँभन्दा माथिको कारोबार गर्नुपरेमा अनिवार्य रुपमा बैंकको प्रयोग गर्नुपर्ने व्यवस्था लागू भएको छ । जसअनुसार, कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै वस्तु वा सेवाको खरिद बिक्री वा अन्य कारोवार गर्दा वित्तीय संस्था वा बैंकिङ्ग उपकरण मार्फत गर्नुपर्ने छ । राष्ट्र बैंकका अनुसार, वित्तीय संस्थामा निक्षेप, बचत वा सटही गर्नस वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याज भुक्तानी गर्नस वित्तीय संस्थाहरुबीचमा नगद कारोबार गर्न तथा कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको वित्तीय संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई उल्लिखित सीमाभन्दा बढी नगद भुक्तानी दिन बैंक तथा वित्तीय संख्था अथवा बैंकिङ उपकरण अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ । यो व्यवस्थाले, वित्तीय पहुँच विस्तारमा सहयोग पुर्याउने विश्वास लिइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]