January 31st, 2017

१० रुपैयाँका नयाँ नोट फ्रान्सेली कम्पनीले छाप्ने, राष्ट्र बैंकले गर्यो सम्झौता

१० रुपैयाँ दरका नयाँ नोट डिजाइन, छपाई र आपूर्तिका लागि नेपाल राष्ट्र बैंकले फ्रन्सेली कम्पनीसँग सम्झौता गरेको छ । १० रुपैयाँ दरका २४ करोड थान नयाँ नोट छपाईका लागि राष्ट्र बैंकले फ्रान्सको पेरिसस्थित Oberthur Fiduciaire S.A.S., 7 avenue de Messine, 75008 सँग खरिद सम्झौता गरेको जानकारी दिएको छ । राष्ट्र बैंकले गत माघ १३ गते अर्थात जनवरी २६ मा सो कम्पनीसँग ३० लाख ६४ हजार आठ सय यूरोको खरिद सम्झौता गरेको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]