September 24th, 2017

१० बैंक मिलेर ४८.८ मेगावाटको जलविद्युत् परियोजनामा लगानी गर्दै, सानिमा बैंकको अगुवाई

सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । रामेछापको रस्नालु तथा दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको उक्त परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबि, बैंक अफ काठमाडौँ, सिभिल, ग्लोबल आईएमई र एनसिसि बैंकले ७५ प्रतिशत लगानी गर्ने भएका छन् । बाँकी २५ प्रतिशत लगानी पिपल्स इनर्जी लिमिटेडको हुने बताइएको छ । उक्त परियोजना सम्पन्न हुन चार वर्ष लाग्नेछ । परियोजनाले वार्षिक २६ करोड युनिट बिजुली उत्पादन गर्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]