June 22nd, 2016

ह्याकरहरुको निशानामा केन्द्रिय बैंकहरु : इण्डोनेशिया र दक्षिण कोरियामा हमला 

hackerसाइबर अपराधीहरूले इण्डोनेशिया र दक्षिण कोरियाका केन्द्रीय बैङ्कमा पनि साइबर हमला गरेका छन् । गत महीना साइबर ह्याकरहरूले बैङ्क अफ कोरिया (बीओके) र बैङ्क इण्डोनेशिया (बीआई)को पब्लिक वेबसाइटमा हमला गरेको दुवै बैङ्कका वरिष्ठ अधिकारीहरूले समाचार संस्था रोयटर्सलाई बताएका छन् । यो हमलाको प्रतिक्रियामा बीआईले वेबसाइड प्रयोगमा नआउने १ सय ४९ क्षेत्रका वेबसाइट नै बन्द गरेको बैङ्क डेपुटी गभर्नर रोनाल्ड वासले सोमवार एक अन्तर्वार्तामा भने ।

विश्वका अन्य कयौं केन्द्रीय बैङ्कमाथि पनि यस्तै हमला भएको र अपराधीहरूले आपूmले प्रयोग गरेका आईपी अर्का अपराधीलाई दिने गरेकोसमेत उनले बताए । फेबु्रअरीमा साइबर अपराधीहरूको एक समूहले बङ्गलादेशी केन्द्रीय बैङ्कको न्यूयोर्क फेडमा रहेको खाताबाट ८ करोड १० लाख डलर चोरेको घटना सार्वजनिक भएयता केन्द्रीय बैङ्कहरू यसबारे झनै सचेत हुन थालेका थिए । बैङ्क इण्डोनेशिया र बैङ्क अफ कोरियाबाट उक्त घटनामा कुनै रकम चोरी नभएको बताइएको छ । उक्त चोरीमा कसको हात थियो भन्नेबारेमा पत्ता लागिनसकेको बताइएको छ ।

केन्द्रीय बैङ्कहरूबीचको सहकार्यकै कारण साइबर अपराधीहरू आफ्नो प्रयासमा असफल भएको वासले बताए । साइबर हमलाको शिकार भइसकेका बैङ्कहरूले आप्mनो अनुभव अन्य केन्द्रीय बैङ्कहरूलाई समेत सुनाएको र केन्द्रीय बैङ्कहरूबीच क्षेत्रीय सहकार्य भइरहेकाले पनि यस्ता हमला निस्तेज भएकोमा उनले जोड दिए । गत मे महीनामा यूट्युबमा एउटा भिडियो पोष्ट भएको थियो, जसमा साइबर अपराधीहरूले केन्द्रीय बैङ्कहरूको वेबसाइटमा हमला गर्न अपरेशन आइकारस नामक ३० दिने अभियान नै लञ्च गर्ने चेतावनी दिएका थिए । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]