May 6th, 2016

हेर्नुस् तस्वीरमा एक दर्जन मुलुकका गभर्नरहरु

chiranjibi nepalकेन्द्रिय बैँक मुलुकभरका बैँकहरुको नियामक निकाय हो । बैँकहरुको कारोबार प्रणाली, नीति नियमहरुको तर्जुमा गर्ने जिम्मेवारी केन्द्रिय बैँकको काँधमा हुन्छ । हरेक मुलुकमा बैँकहरुको एउटा नियामक निकाय अर्थात् केन्द्रिय बैँक हुन्छ । नेपालको केन्द्रिय बैँक नेपाल राष्ट्र बैँक हो जसले नेपालका वाणिज्य बैँक, विकास बैँक, फाइनान्स र माइक्रोफाइनान्स कम्पनिहरुलाई नियमन गर्दछ । केन्द्रिय बैँकमा रहेर नीति नियमहरु बनाउने काम गभर्नरले गर्छन् । हाल नेपालका गभर्नर डा. चिरञ्जीवी नेपाल रहेका छन् । यसैबिच, विश्वका केही मुलुकहरु, तीनका केन्द्रिय बैँक र गभर्नर कोको हुन् भन्ने विषयमा बैँकिङ खबर डट कमका लागि सहकर्मी रुपा कोइरालाले तयार पारेको सामग्री यहाँ प्रस्तुत गरिन्छ : 

jent yellenअमेरिकी बैँक तथा वित्तिय संस्थाहरुको नियमन फेडरल रिजर्भले गर्ने गर्दछ । यहाँकी गभर्नर जिनेट येलेन हुन् । 

IIF MEETINGभारतको केन्द्रिय बैँक रिजर्भ बैँक अफ इन्डिया हो । यहाँका गभर्नर रघुराम राजन हुन् । 

zhou xiouchaunपिपुल्स बैँक अफ चाइना चिनको केन्द्रिय बैँक हो । यहाँका गभर्नर झोउ सिआउचाउन हुन् । 

thomas jordanस्विट्जरल्याण्डको केन्द्रिय बैँक स्विस नेसनल बैँक हो । यहाँका गभर्नर थोमस जोर्डन हुन् । 

lee ju yeol

बैँक अफ कोरिया दक्षिण कोरियाको केन्द्रिय बैँक हो । यहाँका गभर्नर ली जु यीउल हुन् । 

alexandre-tombiniसेन्ट्रल बैँक अफ ब्राजीलले ब्राजीलको केन्द्रिय बैँकको रुपमा काम गर्दै आइरहेको छ । यहाँका गभर्नर एलेक्जेन्डर तोम्बीनी हुन् । 

stephen-poloz-क्यानडाको केन्द्रिय बैँक हो बैँक अफ क्यानडा । यहाँका गभर्नर स्टेफेन पोलोज हुन् । 

fahad al mubarakसाउदी अरेवियन मोनिटरी अथोरिटीले साउदी अरेबियन बैँक तथा वित्तिय संस्थाहरुको नियमनकारी संस्थाको रुपमा काम गर्छ । यहाँका गभर्नर फहाद अल मुबारक हुन् । 

noorullahaअफगानिस्तानको केन्द्रिय बैँक बैँक अफ अफगानिस्तान हो जसका गभर्नर नुरुल्लाह देलावरी रहेका छन् । 

glenn stevensअष्ट्रेलियाको केन्द्रिय बैँक रिजर्भ बैँक अफ अष्ट्रेलिया हो भने यहाँका गभर्नर ग्लेन स्टेभेन्स हुन् । 

atiur-rahman-bangladesh-bankबंगलादेश बैँक बंगलादेशको केन्द्रिय बैँक हो भने यहाँका गभर्नर अतुउर रेह्मान हुन् । 

ewald nowotnyअष्ट्रियाको केन्द्रिय बैँक युरोपियन सेन्ट्रल बैँक हो । यहाँका गभर्नर एवाल्ड नोवोट्नी हुन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]