May 31st, 2017

हिमालयन पावर पार्टनरको आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

हिमालयन पावर पार्टनरले साधारण सेयर जारी गर्ने अनुमति पाएको छ । कम्पनीले २१ लाख ३० हजार कित्ता आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअघि नै स्थानीयका लागि १० लाख ६५ हजार चार सय १७ कित्ता सेयर जारी गरि बाँडफाँड समेत गरिसकेको कम्पनीले यसपटक सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित मूल्यमा २१ करोड ३० लाख ८३ हजार चार सय रुपैयाँ बराबरको सेयर जारी गर्नेछ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । 

हाल हिमालयनको चुक्तापुँजी ८५ करोड २३ लाख ३३ हजार रुपैयाँ रहेको छ । सर्वसाधारणलाई आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब छ करोड ५४ लाख रुपैयाँ पुग्नेछ भने संस्थापक सेयर समूहको सेयर हिस्सा ७० प्रतिशत कायम हुनेछ । 

हिमालयनले लमजुङको दोर्दी करिडोरमा २७ मेगावाटको जलविद्युत्त आयोजना निर्माण गर्देछ । कुल चार अर्ब २३ करोड ३५ लाख रुपैयाँ लगानीमा निर्माण थालिएको यो आयोजनामा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत सेयर पुँजीबाट निर्माण गरिने भएको हो ।

कम्पनीमा गैर आवासीय नेपालीको संस्था एनआरएन इन्भेष्टमेन्ट कम्पनीको ५१ प्रतिशत, आइएमइ ग्रुप र वल्र्डवाइड इन्भेष्टमेन्टमा आवद्धहरुको कुल ९.९५ प्रतिशत, उषा इन्भेष्टमेन्ट प्रालीको ६.६४ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट कम्पनीको ३.६३, बैंकर तथा व्यवसायी चन्द्रप्रसाद ढकालको १०.२९ प्रतिशत, उत्तम कुमार नेपालको ६.१२ प्रतिशत सेयर लगानी रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]