November 22nd, 2017

हिमालयन जनरल इन्स्योरेन्सका सेयरधनीलाई १५ प्रतिशत लाभांश

बैंकिङ खबर । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको मंगलबार (मंसिर ५ गते) बसेको संचालक समितिको बैठकले गतआवको मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । 

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५२ लाख रुपैयाँ रहेको छ । कम्पनीले उक्त चुक्तापूँजीको १५ प्रतिशतले हुन आउने पाँच करोड ७७ लाख ८० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । 

कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]