June 21st, 2017

हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद भर्न असार १५ भित्र सेयर किनिसक्नुपर्ने 

असार १५ गतेसम्म कायम सेयरधनीले मात्रै हिमालयन जनरल इन्स्योरेन्स लिमिटेडले निष्काशन गर्न लागेको हकप्रद सेयर भर्न पाउने भएका छन् । कम्पनीले हकप्रद प्रयोजनका लागि असार १६ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने जनाएको छ ।

हिमालयनले एक बराबर एक दशमलव ६६६७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट गत जेठ ३० गते स्वीकृति पाएको थियो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद जारी गर्नेछ । यसका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

हाल हिमालयन इन्स्योरेन्सको चुक्तापुँजी ३८ करोड ५२ लाख एक सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि एक अर्ब दुई करोड ७२ लाख रुपैयाँ पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]