January 11th, 2018

स्वदेशी उत्पादनको वृद्धिमा आईएमई अध्यक्ष ढकालको जोड

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको बृद्धि गर्नुपर्ने कुरामा जोड दिएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७४ लाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले यस्तो बताएका हुन् ।

४ नम्बर प्रदेश स्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका भन्दै उपाध्यक्ष ढकालले दिए । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको धारणा व्यक्त गरे ।

माननीय कानुन याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञ बहादुर थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरुले महोत्सव सफलताको शुभकामना गरे ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]