September 6th, 2016

सेयर बजारमा फेरि किन लाग्यो रिभर्स गियर ? परिसूचक १८३४.८० अंकमा ओर्लियो

economicमंगलबार नेपाल स्टक एक्सचेन्जमा १ अर्ब ८१ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । चार घण्टाको कारोबार अवधिमा १ सय ४१ वटा कम्पनीको २२ लाख ६० हजार ९ सय ४३ कित्ता सेयर ८ हजार दुई सय ९२ पटक खरिदविक्रि हुँदा मुल १ अर्ब ८१ करोड ४० लाख ११ हजार चार सय ६४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । कारोबार रकम सोमबारको तुलनामा १० करोडभन्दा बढीले घटेको हो । सोमबार १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । 

सोमबारको तुलनामा बैंकिङ समूहको सेयर कारोबार घटेको छ । सोमबार १ अर्ब ३१ करोडको कारोबार भएको बैंकिङ समूहको मंगलबार १ अर्ब १४ करोड रुपैयाँको कारोबार भएको छ । विकास बैंकको कारोबार भने सोमबारको तुलनामा बढेको छ । मंगलबार यो समूहको २७ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । जबकी सोमबार २३ करोड रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, फाइनान्स समूहको मंगलबार ३ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार यो समूहको १ करोड ८० लाख रुपैयाँको मात्रै कारोबार भएको थियो । 

समग्रमा बैंकिङ क्षेत्रपटि लगानीकर्ताको आकर्षण खस्किएको देखिए तापनि धेरै कमाउने कम्पनीहरुमा प्रायः जसो वाणिज्य बैंकहरु नै परेका छन् । मंगलबार सबैभन्दा धेरै सनराज बैंकको १५ करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ भने एनबी बैंकको १२ करोड ७१ लाख रुपैयाँ र एभरेष्ट बैंकको १० करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यस्तै, सेन्चुरी कमर्सियल बैंकको ९ करोड ४३ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ८ करोड ८२ लाख रुपैयाँ, एनएमबी बैंकको ६ करोड ९६ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको ५ करोड ५६ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । माछापूछ्रे बैंक, एनआईसी एसिया बैंक, लुम्बिनी जेनेरल इन्स्योरेन्स लगायतको ४ करोडमाथिको सेयर कारोबारभ भएको छ । 

५५ वटा कम्पनीका लगानीकर्ताले मंगलबार न्युनतम ०.१७ प्रतिशतदेखि अधिकतम ९.९२ प्रतिशतसम्मका दरले सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै कमाउनेमा राप्तीभेरी विकास बैंकका लगानीकर्ता छन् भने सबैभन्दा थोरै कमाउनेमा आईएलएफसीओ माइक्रोफाइनान्सका लगानीकर्ता छन् । रिडि हाइड्रोपावर, सांग्रीला डेभलपमेन्ट, हाम्रो विकास बैंक, कसमस डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले पनि राम्रो आम्दानी गरेका छन् । 

गुमाउनेले मंगलबार अधिकतम ४.७६ प्रतिशतदेखि न्युनतम ०.१२५ प्रतिशतसम्मले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा सोल्टी होटल लिमिटेडका लगानीकर्ता छन् भने सबैभन्दा थोरै गुमाउनेमा सानिमा बैंकका लगानीकर्ता छन् । बोटलर्स नेपाल, सगरमाथा इन्स्योरेन्स, किसान माइक्रोफाइनान्स, मिसन डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स र मन्जुश्री फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतभन्दा बढीका दरले गुमाउँदा रिलायन्स लोटस फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक लगायतका लगानीर्ताले दुई प्रतिशतभन्दा बढीले गुमाएका छन् ।

नेप्से परिसूचक पनि मंगलबार ४.१० अंकले घटेर १८३४.८० अंकमा कायम भएको छ । सुरुमा बढेको सेयर बजार अन्ततः घटेर बन्द भएको हो । जलविद्युत् र फाइनान्सबाहेक सबै समूह एकाएक ओरालो लाग्न थालेपछि समग्र बजार नै प्रभावित भएको देखिन्छ । होटल, बीमा र उत्पादनमूलक समूहले बजार घटाउन मुख्य भूमिका खेलेका छन् । यी समूह क्रमशः ७८.९३, ४७.४२ र १५.८२ अंकले घटेका छन् । बैंकिङ, विकास बैंक र अन्य क्रमशरुः २.४२, ३.५५ र २.३२ अंकले घटेका छन् । जलविद्युत् र फाइनान्स भने क्रमशः १६.४४ र २.६२ अंकले बढेका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]