June 18th, 2017

सेयर बजारमा दोहोरो अंकको गिरावट, भाग्यमानी ठहरिए २८ कम्पनीका सेयरधनी

यो साता पनि सेयर बजारले दोहोरो अंकको गिरावटबाटै सुरु गरेको छ । नेप्से परिसूचक १३.६१ अंकको गिरावटसँगै १५७५.९८ अंकमा कायम भएको छ । सबै उपसूचकहरु राताम्मे भएका छन् । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः १७.४, १८.३६, १०.९३, ३१.२८, ०.८५, १४.७४, ८.७३ र १.७४ अंकले घटेका छन् । 

दिनभरिमा १४३ वटा कम्पनीको आठ लाख ४३ हजार नौ सय १२ कित्ता सेयर चार हजार नौ सय छ पटक खरिदविक्री हुँदा ५९ करोड ३३ लाख ८८ हजार ९२ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्सको सात करोड ४६ लाख १६ हजार एक सय ४३ रुपैयाँको कारोबार भएको छ भने एभरेष्ट बैंकको छ करोड ८५ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । एनआईसी एसिया बैंक प्रोमोटर, स्टान्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको दुई करोडमाथिको कारोबार भएको छ भने नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन जनरल इन्स्योरेन्स लगायतको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

जम्मा २८ वटा कम्पनीका सेयरधनीले अधिकतम ९.९८११ देखि न्युनतम ०.०४८८ प्रतिशतसम्मका दरले आफ्नो सम्पत्ति बढाएका छन् । एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै र एलआईसी नेपालका सेयरधनीले सबैभन्दा कम कमाएका छन् । प्राइम लाइफ इन्स्योरेन्सका सेयरधनीले ७.२८ प्रतिशतका दरले कमाउँदा नेपाल इन्स्योरेन्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, महिला सहयात्रा माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, जानकी फाइनान्स, शाइन रेसंगा डेभलपमेन्ट बैंक, सूर्यादय लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको एभरेष्ट बैंक (सीपी)का सेयरधनीले ९.९८४४ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने ङादी ग्रुप पावरका सेयरधनीले ५.५७ प्रतिशतका दरले गुमाएका छन् । यसबाहेक, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, देवः विकास बैंक, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर, अरुण काबेली पावर, खानीखोला हाइड्रो, अरुण भ्याली हाइड्रो, आईसीएफसी फाइनान्स, पूर्णिमा विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।    


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]