May 28th, 2017

सेयर बजारमा दोहोरो अंकको गिरावट, २२ कम्पनीका सेयरधनीले कमाए

गत साताको अन्तिममा बढ्ने संकेत दिएर गएको सेयर बजारले यो साताको सुरुवात दोहोरो अंकको गिरावटबाट गरेको छ । नेप्से परिसूचक १४ अंकको गिरावटसँगै १६१५.५८ अंकमा कायम भएको छ । अन्य समूह सबैभन्दा धेरै २५.७४ अंकले बढ्दा होटल समूह १३.१५ अंकले बढेको छ । बाँकी सबै समूह ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १३४.३ अंकले घटेको छ । बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र उत्पादनमूलक क्रमशः १७, १७.४, २७.८४, ७.३४ र ३६.३९ अंकले घटेका छन् । 

आइतबार दिनभरिमा १४८ वटा कम्पनीको १४ लाख ७६ हजार आठ सय १३ कित्ता सेयर सात हजार सात सय ८८ पटक खरिदविक्री हुँदा ७५ करोड ६० लाख १७ हजार पाँच सय ८८ रुपैयाँ बराबरको कारोबार भएको छ । सबैभन्दा धेरै सिद्धार्थ बैंकको ११ करोड पाँच लाख २४ हजार आठ सय ८२ रुपैयाँको कारोबार भएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकको चार करोडमाथिको कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स र सानिमा माइ हाइड्रोको दुई करोडमाथिको कारोबार हुँदा हिमालयन जनरल इन्स्योरेन्स, माछापूछ्रे बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, बैंक अफ काठमाण्डू, एभरेष्ट बैंक लगायतको एक करोडमाथिको कारोबार भएको छ । 

जम्मा २२ कम्पनीका सेयरधनीले आफ्नो सम्पत्ति बढाएका छन् । सबैभन्दा धेरै आरएसडीसी लघुवित्तका सेयरधनीले ८.११ प्रतिशतका दरले कमाएका छन् । नेपाल टेलिकम, सिनर्जी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, नेशनल हाइड्राृ, नागबेली लघुवित्त, प्रिमियर इन्स्योरेन्स, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड, दिव्यश्वरी हाइड्रो, सृजना फाइनान्स लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको बोटलर्स नेपालका सेयरधनीले ५.६२ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् भने कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ५.१६ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन सिस्टीलरी, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ नेपाल लघुवित्त, मेरो माइक्रोफाइनान्स, सगरमाथा इन्स्योरेन्स, सहारा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड फाइनान्स लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]