December 19th, 2017

सेयर बजारमा दोहोरो अंकको गिरावट, झन्डै ६० करोडको कारोबार

बैंकिङ खबर । मंगलबार सेयर बजार १४.४९ अंकले घटेर १४९३.७६ अंकमा कायम भएको छ । सबै उपसूचक राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह ५९.६७ अंकले घटेको छ । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक, अन्य र लघुवित्त क्रमशः ७.३६, ०.९३, ३२.९, ७.२७, १४.४६, ४.०७, १७.१९, ३६.४४ र २०.२३ अंकले घटेका छन् । 

दिनभरिमा १६६ वटा कम्पनीको १४ लाख पाँच हजार नौ सय ७१ कित्ता सेयर पाँच हजार एक सय ९२ पटक खरिदविक्री हुँदा ५९ करोड ९३ लाख ७६ हजार तीन सय २१ रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको सात करोड ९४ लाख, प्राइम बैंकको छ करोड र नेपाल ग्रामीण विकास बैंक् प्रोमोटरको चार करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । स्टान्डर्ड चार्टर्ड बैंक र एभरेष्ट बैंकको दुई करोड तथा ओम डेभलपमेन्ट बैंक प्रोमोटर, नेपाल ग्रामीण विकास बैंक, बोटलर्स नेपाल, नेपाल इन्भेष्टमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स लगायतको एक करोडमाथिको सेयर कारोबार भएकोा छ । 

जम्मा २७ कम्पनीका सेयरधनीले कमाएका छन् । सबैभन्दा धेरै अरुण फाइनान्सका सेयरधनीले ९.७० प्रतिशतका दरले कमाएका छन् । समता माइक्रोफाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, कैलाश विकास बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ, एनएमबि हाइब्रिड फण्ड, आईएमई जनरल इन्स्योरेन्स, जनउत्थान सामुदायिक लघुवित्त लगायतका सेयरधनीले पनि कमाएका छन् । 

यता, सिनर्जी पावर र हिमालयन डिस्टीलरीका सेयरधनीले पाँच प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् । नेशनल हाइड्रो, मितेरी डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स, खानीखोला हाइड्रो, तारागाउँ रिजेन्सी, सिभिल बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]