November 6th, 2016

सेयर बजारमा किन लगानी गर्ने ? ब्रोकर संघका सदस्य रामचन्द्र भट्टराईको विश्लेषण  

ramchandra bhattarai 1सेयरमा लगानी गर्नु भनेको त्यसको तत्कालै प्रतिफल लिनको लागि होइन । त्यसबाट फाइदा लिनको लागि निश्चित समय लाग्छ । अहिलेकै स्थितिलाई हेर्ने हो भने सेयर बजारकोे भविष्य उज्जवल छ । त्यस्तै सेयरमा लगानी गरेर भविष्यमा राम्रो प्रतिफल लिएका उदाहरणहरु पनि हामीसँग नभएका होइनन् । त्यसैले तत्काल यसका सूचकहरु जस्तो भएपनि भविष्यमा भने यसका सुूचकहरु सकारात्मक हुन्छन् । ठूल्ठूूला उत्पादनशील क्षेत्रमा लगानी हुन्छ । भूकम्पको क्षतिपछि झनै यसमा लगानी बढ्दै गएको छ । त्यसैले सेयर बजारको दिर्घकालीन प्रतिफल एकदमै राम्रो हुन्छ । अन्य क्षेत्रमा लगानीका क्षेत्रहरु छैैनन् । अहिले प्रायः लगानी सेयर र जग्गामा छ । हाम्रा देशको सन्र्दभमा अन्य सूचकहरु र सेयरका सूचकहरु भिन्न छन् । अन्य क्षेत्रलाई सेयर बजारसँग जोडेर हेर्दा अन्य क्षेत्रमा लगानीका क्षेत्रहरु छैनन् । अहिलेको परिवेशमा सेयर र जग्गाको लगानी बढी छ । सानो सानो छरिएको पुँजीलाई सेयर बजारले अहिले तान्ने काम गरेको छ । यसले गर्दा सेयर बजारमा लगानी बढेको हो । राष्ट्र बैंकको नीति, बीमा समितिको पुँजी वृद्धिको नीति र भविष्यमा कम्पनीले दिने प्रतिफललाई सेयर होल्डरले बैंकमा राखेको ब्याजभन्दा कम्पनीले दिने बोनस सेयर सेकेण्डरी मार्केटमा ल्याएर बेच्न सकिन्छ भन्ने कुरा सोचे । मार्केटमा अझै जम्न सकिन्छ र बेचिसकेपछिको प्रतिफल राम्रो हुन्छ भनेर मानिसहरु सेयरमा लगानी गरेका हुन् । त्यसै अनुसारको प्रतिफल लिएको अवस्था पनि छ । जस्तो २० रुपैयाँ कसैले नगद दियो भने एउटा सागको मुठा पनि आउँदैन, कुनै कम्पनीको ५ सय रुपैयाँ मूल्य छ र त्यसमा २० प्रतिशत बोनस जोड्दा ४ सय रुपैयाँ भयो भने पनि उसलाई फाइदा पुग्ने भयो । त्यसैले बैंकमा राखेको डिपोजिट भन्दा शेयरमा राखेकोे लगानीबाट राम्रो प्र्रतिफल आएको हुँदा सेयरमा लगानी बढेको हो ।

सेयर बजारमा खेलाडी भन्ने हुँदैन
सेयर बजारमा खेलाडी छन् भनिन्छ तर मलाई लाग्छ शेयर बजारमा त्यस्ता खेलाडी कोही छैनन् । दैनिक एक अरबको हाराहारी वा त्योभन्दा बढीको कारोबार भइरहेको छ । नेपालीहरुको क्रयशक्ति कति ? सेयरमा लगानी गर्न सक्ने कति ? त्यसलाई पनि हेर्नुपर्ने हुन्छ । २०६० सालतिरको शेयर बजारलाई हेर्ने हो भने सेयरमा लगानी गर्ने एक डेढसय हुन्थे । वर्तमान समयमा हेर्ने हो भने अनगिन्ती मानिसहरुले सेयरमा लगानी गरिरहेका छन् । त्यसैले पनि सेयर बजारको भविष्य राम्रो छ । हामीले बर्तमानलाई हेर्ने हो भने सेयर बजारमा आर्कषण बढ्दो छ । धेरैले सेयरमै लगानी गर्न थालेका छन् यसले पनि शेयर बजारकोे भविष्य उज्वल छ ।

सेयरप्रति धेरैको आर्कषण बढ्नुको कारण 
सेयरमा आर्कषण बढ्नुमा मिडियाकोे ठूलो भूमिका हुन्छ । सेयर बजारसम्बन्धी समाचारहरु लेख्ने यति धेरै मिडियाहरु र नयाँ प्रविधिले ल्याएको परिवर्तनले सेयर बजारलाई आर्कषण बनाएकोे छ । त्यस्तै सेयर बजार प्रविधिले गर्दा यसको क्षेत्र बढेको छ । मानिसहरुलाई विश्वास र आफूले लगानी गरेको क्षेत्र सुरक्षित भएकोले आर्कषण एकदमै बढ्दो छ र भविष्यमा पनि झनै बढ्ने देखिन्छ । त्यस्तै सेयरमा लगानी गरेपछि त्यसको प्रतिफल लिनको लागि धेरै समय कुर्नु नपर्ने छोटो समयमै फाइदा लिन सकिने हुँदा मानिसहरु सेयरप्रति आकर्षित छन् । त्यस्तै छरिएर रहेको पुँजीलाई तान्ने काम सेयर बजारले गरेको छ । सेयर बजारको यो बृद्धिलाई अस्वभाविक मान्न सकिदैन । नयाँ लगानिकर्ताको उत्साहजनक प्रवेशले बजार परिपक्क बन्दैछ ।

अव्यवस्थित बजार 
नेपालको सेयर बजार अरु देशसँग तुलना गर्ने हो भने त्यति व्यवस्थित मानिँदैन तर नेपालको सेयर बजारलाई क्रमिक रुपमा हेर्ने भने सुधार हुँदै गएको छ । अनलाईन ट्रेडलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्छ । यसअघि देखिएका समस्याहरु समाधान हुँदै गएका छन् । नेप्सेले पनि पहिलाको भन्दा आफ्ना कामहरु धेरै सुधार गरिसकेको छ । धितोपत्र बोर्डले पनि सेयर बजारलाई व्यवस्थित गर्न सक्रियता बढाएको देखिन्छ । 

सेयर बजार सुधारको लागि गर्नुपर्ने काम  
मुख्य गरी पाँच कामहरु गर्न सक्ने हो भने शेयर बजार व्यवस्थित हुन सक्छ । 
१. शेयर बजारमा शुभचिन्तकहरुको मागलाई ध्यानमा राखेर अनलाइन ट्रेडको विकास गर्नुपर्छ ।
२. पूरानो कानुनलाई थप परिमार्जन गर्नुपर्छ ।
३. नयाँ प्रविधि प्रयोगमा ल्याउन सक्नुपर्छ ।  
४. ब्रोकरहरुलाई भ्याली बाहिर पनि शाखा खोल्नका लागि अनुमतिथ दिनुपर्छ । 
५. कम्पनीको सूचनाहरु सहि माध्यम र आधिकारीक तवरले बाहिर आउनुपर्छ । 
यति गर्ने हो भने नेपालको सेयर बजार व्यवस्थित हुन्छ ।

नेप्सेलाई निजिकरण 
नेप्सेलाई निजीकरण गर्दा राम्रै हुन्छ । यो विषयमा सरोेकारवाला व्यक्तिहरुले पनि अध्ययन अनुसन्धान गरिसकेकोले यसलाई नराम्रो भन्न मिल्दैन । यदी निजीकरण भयो भने काम कारवाही थप व्यवस्थित र प्रभावकारी हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ । यसका साथसाथै सरकारले लगानीकर्ताकोे लागि लगानीकोे सुरक्षाको ग्यारेन्टी दिन सक्ने नीति बन्ने हो भने कारोबार गर्न सजिलो हुन्छ । ब्रोकरले गरेको लगानीलाई पनि प्रोत्साहन र ढुक्कसँग कारोबार गर्न सक्ने वातावरणको आवश्यकता छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]