August 28th, 2017

सेयरमा लगानी गर्ने, कसरी छान्ने राम्रो कम्पनी ?

बैंकिङ खबर / नेपाली शेयर बजारको क्षेत्रमा बजार घट्नेवित्तीकै आत्तिहाल्ने र बजार बढ्नेवित्तीकै उत्साहित हुने प्रवृत्ति रहेको पाइन्छ । शेयर बजार बुझेर मात्रै नभई अरुको लहलहैमा लागेर शेयरमा लगानी गर्नेहरुको संख्या पनि उल्लेख्य हुँदा यो समस्या देखिने गरेको छ । त्यस्तै, पछिल्लो समयमा कम्पनिहरुको आफ्नो तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । जसको फलस्वरुप घाटामा गएका कम्पनिहरुको कारोबार घट्ने र नाफामा गएका कम्पनिहरुको शेयर बढ्ने अवस्था देखिएको छ । यसका अलावा नेपाल राष्ट्र बैँकले तोकबमोजिम पुँजी वृद्धि गरी समयमा नै न्युनतम सीमासम्म पुर्याउन मर्जरमा जाने तथा हकप्रद शेयर निष्काशन, वाृनर शेयर वितरण लगायतको होडवाजीमा रहेका कम्पनिहरुको शेयरमा पनि लगानीकर्ताको राम्रो आकर्षण देखिएको छ । यसरी बढिरहेको शेयर बजार कतिसम्म पुग्छ भन्ने आँकलन गर्न नसकिने शेयर विश्लेषकहरु बताउँछन् । यस्तो अवस्थामा लगानीकर्ताले शेयर खरिद तथा विक्रि गर्ने निर्णक्ष् के आधारमा लिने भन्ने कुरामा अन्यौलता सिर्जना भएको छ । यसैबिच, शेयर बजारमा लगानी गर्दा कम्पनि छनौट गर्ने ४ आधारहरु यहाँ प्रस्तुत गरिन्छ :

सही समयमा सही निर्णय
नेपाली सेयर बजार बुलिस टेन्ड्रतर्फ उन्मुख हुदा प्रायः लगानीकर्ता अझ नाफा कमाइन्छ भनेर छिर्ने गर्छन् । जुन स्वाभाविक पनि हो । तर आफूले लगानी गरेको सेयरमा राम्रो प्रतिफल प्राप्त गरेको अवस्थामा बजारबाट नाफा बुक गर्दै निस्कनु नै बुद्धिमानी हुन्छ । थोरै बढी कमाउने लोभमा परेर नाफा भइसकेको कुनै सेयर च्यापेर राख्नु वा सो सेयरप्रतिको आशक्ति राख्नु गलत निर्णय हुन सक्छ । सेयर बजारमा छिर्दा नै सेयरमा सही समयमा सही निर्णय हुन नसक्दाको अवस्थामा घाटा पनि हुन्छ । आफू कतिसम्म घाटा व्यहोर्न तयार छु भन्ने कुराको हेक्का राखेर मात्र लगानी गर्नुपर्ने हुन्छ । बजारमा हरेक महिना ब्याजदर जस्तो निश्चित रकम फाइदा हुने कुरा सम्भव हुँदैन । सेयरमा आफूले कति समयका लागि रकम लगानी गर्ने भन्ने कुरामा निश्चिन्त भएर मात्र लगानी गर्ने कम्पनि छनौट गर्दा उचित हुन्छ ।  

पूर्वाग्रह राख्नु नराम्रो
शेयर सस्तो हुँदैमा त्यसले राम्रो प्रतिफल दिन नसक्ने अनि महँगो हुँदैमा बढी प्रतिफल दिने भन्ने धारण गलत हो । सस्तो सेयर, बीचको मूल्यको सेयर र महँगो मूल्यको सेयर सबैको राम्ररी लेखाजोखा गरेर मात्र लगानी गनुपर्ने हुन्छ । कुनै कम्पनीको सेयर खरिद गर्न विना आधार हुरुक्कै हुने अनि कुनै कम्पनीको नामै लिन नचाहने कुरा बजारको स्वतन्त्र लगानीकर्ताको हैसियतले हेर्दा घातक हुन सक्छ । सेयर खरिद बिक्रीमा कुनै निश्चित कम्पनीको सेयरमा पूर्वाग्रह नराख्नु नै राम्रो हुन्छ । राम्रो नराम्रोको लेखाजोखा कम्पनीको आर्थिक स्वास्थ्यको आधारमा तय गर्नुपर्छ । 

कम्पनिको सञ्चालकको बजारी अवस्था
आफूले लगानी गरेको संस्थाको सञ्चालक र नेतृत्वमा रहेकाको बजारमा अवस्था कस्तो छ ? सो पनि विचार पु¥याउनुपर्छ । संस्थाले कमाए पनि नाफा नबाँडी आफैँ राखने सञ्चालक र गतल नेतृत्व भएका संस्थाको सेयरमा भएको लगानीले सही प्रतिफल दिन सक्दैन । 

थप घाटा हुन नदिन लस बुकिङ
सेयरमा सधैँ नाफा हुँदैन । अन्य मुलुकमा आफूले खरिद गरेको सेयरमा निश्चित प्रतिशत नाफा आएपछि बिक्री गर्ने अनि निश्चित प्रतिशत घाटा भएको अवस्थामा बेचिहाल्ने भन्ने देखिन्छ । नेपाली लगानीकर्ताको सन्दर्भमा आफूले खरिद गरेको सेयरमा नाफा भएको अवस्थामा दैनिक बढी नाफा खोज्ने प्रवृत्ति देखिन्छ । बिक्रीका लागि बजार भाउको टारगेट सधैँ बढाउने । अनि बजारमा केही करेक्सन आएर मूल्य घटेमा निरास हुने प्रवृत्ति हावी देखिन्छ । निश्चित नाफामा बिक्री गर्ने कुरा जायज छ । त्यसैगरी आफूले खरिद गरेको भन्दा निश्चित रकम घटेको अवस्थामा (स्टप लस) थप घाटा हुन नदिने रणनीति अन्तर्गत (लस बुकिङ) घाटा स्वीकार्दै बिक्री गर्नु वेश हुन्छ । विशेषगरी घट्दो बजारमा यस्तो गर्नसक्ने व्यक्तिले धेरै घाटा व्यहोर्नु पर्दैन र पुनः धेरै नै घटिसकेको अवस्थामा सोही सेयर तल्लो मूल्यमा खरिद गर्दै घाटा कम गर्न सफल हुन्छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]