February 7th, 2018

सेयरबारे सर्वोच्चको फैसला : व्यक्तिगत सम्झौतामा कम्पनी जिम्मेवार नरहने

बैंकिङ खबर । सर्वोच्च अदालतले कुनै पनि कम्पनीले सेयर किन्न गरेको सम्झौताबमोजिम काम नभएमा सम्बन्धित कम्पनी जिम्मेवार नरहने ठहर गरेको छ । रसुवा जिल्लामा रहेको हिमालयन स्प्रिङ वाटर कम्पनीको सबै सम्पत्ति आफूले पाउनुपर्ने दाबी गर्दै अजेयराज सुमार्गी पराजुलीले दायर गरेको मुद्दामा सर्वोच्चले यस्तो फैसला गरेको हो । 

हिमाल स्प्रिङवाटरले जारी गरेको १५ लाख कित्ता सेयरमध्ये विजय मल्लको नाममा एक लाख, विरणी राणको नाममा चार लाख, केदारभक्त श्रेष्ठको नाममा पाँच लाख र कृष्ण बहादुर श्रेष्ठको नाममा पाँच लाख कित्ता रहेको थियो । यी सबै सेयरधनी र सुमार्गीबीच २०६४ साल मंसिर १४ गते कम्पनीले जारी गरेको सबै सेयर किन्ने गरी सम्झौता भएको दाबी रीटमा गरिएको थियो । यद्यपि, सर्वोच्चले कम्पनी र कम्पनीका सेयरधनी फरक विषय भएको उल्लेख गर्दै व्यक्तिका नाममा रहेको कम्पनीको सेयर व्यक्तिगत सम्पत्ति रहेको र यस्तो सम्पत्ति कानुनी प्रक्रियामा रहेको व्यक्तिगत रुपमा उपयोग तथा कारोबार गर्न पाइने फैसला सुनाएको छ । फैसलामा कम्पनीको नाममा रहेको अन्य चलअचल सम्पत्ति    भ ने कम्पनी स्वयम्ले मात्रै बेचविखन एवम् हक हस्तान्तरण गर्न पाउने उल्लेख गरिएको छ ।

न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले एक वर्षअघि गरेको उक्त ठहर गरेको थियो, जसको पूर्णपाठ भने सोमबार मात्रै नेपाल कानुन पत्रिकामा प्रकाशित गरिएको छ । ‘निजी तवरमा खरिदविक्री हुने उक्त कम्पनीका सेयरहरु सम्झौताअनुसार करारका पक्षहरुले पूरा गरे गरेनन् भन्ने सम्बन्धमा कम्पनीलाई जिम्मेवार बनाउन मिल्ने देखिँदैन,’ पूर्णपाठमा उल्लेख छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]