July 22nd, 2016

सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद शेयर आउँदै

centuryसेञ्चुरी बैंकले दश बराबर तीन कित्ताका दरले हकप्रद निष्काशन गर्ने भएको छ । बैकले ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । यसका लागि बैंकले यसै साता धितोपत्र बोर्डमा स्विकृति पाएको जनाएको छ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । 

बैंकले पूँजीवृद्धि योजना अनुसार हकप्रद जारी गर्न लागेको हो । हाल सेञ्चुरी बैंकको २ अर्ब ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । हकप्रद पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । साथै बैंकले रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई खरिद गर्ने सम्झौता गरिसकेको छ । गत आर्थिक बर्षको बोनश र इन्भोटिभलाई किनेपछि सेञ्चुरीको पूँजी ४ अर्ब पुग्ने बताइएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]