June 18th, 2017

सेञ्चुरी बैंकको पुँजीवृद्धि मिसन : सगरमाथा फाइनान्सलाई किन्ने प्रक्रिया तीव्र पार्दै

अरनिको डेभलपमेन्ट बैंक लिमिटेड र इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर गत जेठ २८ गते एकीकृत कारोबार थालेको सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अर्को वित्तीय संस्था प्राप्ती गर्ने विशेष प्रस्ताव अघि सारेर साधारणसभा बोलाएको छ । सेञ्चुरीले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्ने प्रस्ताव पारित गर्न असार १८ गतेका लागि विशेष साधारणसभा डाकेको हो । सेञ्चुरीमा विलय हुने प्रस्ताव पारित गर्न सगरमाथाले पनि सोही दिन विशेष साधारणसभा डाकेको छ । 

साधारणसभामा सम्पत्ति तथा दायित्व मूल्यांकनबाट निर्धारण गरिएको सगरमाथाको एक सय कित्ता बराबर सेञ्चुरीको ९५ कित्ता सेयर अनुपात स्वीकृत गर्ने तथा अन्य प्राप्ती सम्बन्धी  विशेष प्रस्तावहरु पारित गरिने बताइएको छ । 

सेञ्चुरीले इनोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपश्चात चुक्तापूँजी चार अर्ब ७१ करोड ३५ लाख पुर्याएको छ । बैंकले राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउन क्रममा बैंकले सगरमाथा फाइनान्सका साथै अल्पाइन डेभलपमेन्ट बैंक, र सेती फाइनान्सलाई समेत एक्वायर गर्ने सम्झौता गरि सकेको छ । तर, अल्पाइन र सेतीलाई गाभ्नुअघिको चुक्तापुँजीबाट बैंकले ४० प्रतिशत अर्थात एक अर्ब ८८ करोड ५४ लाख बराबरको एक करोड ८८ लाख ५४ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । 

चालीस प्रतिशत हकप्रद र थप तीन संस्था प्राप्तिपछि बैंकको चुक्ता पुँजी करिब सात अर्ब पुग्नेछ । चालु आर्थिक बर्षको बोनस समेत गर्दा बैंकले सहजै आठ अर्ब चुक्तापूँजी पुर्याउनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]