February 1st, 2018

सूर्या लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता सम्पन्न भएको छ । विहीबार एक विशेष कार्यक्रमका बीच सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुरेन्दर भण्डारीले सम्झौता–पत्रमा संयूक्त रुपमा हस्ताक्षर गरे । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडको कर्पोरेट अफिस र सम्पूर्ण शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना बमोजिमका विभिन्न पोलिसीहरु बिक्री गरिनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]