March 4th, 2016

सुरक्षित तवरले रेमिट्यान्स पठाउने सरल तरिका (महत्वपूर्ण जानकारी)

remitanceनेपालीहरु अध्ययन, घुमफिर तथा रोजगारीका लागि विदेशिने गर्दछन् । जसमध्ये, वैदेशिक रोजगारमा बढी मात्रामा जाने गर्दछन् भने घुमफिरका लागि जानेको संख्या कम हुने गर्दछ । नेपालमा व्याप्त वेरोजगारी तथा गरीबीको समस्याले पैसा कमाउने उद्देश्यले लिएर वर्षे्नि लाखौँको संख्यामा युवाहरु कतार, मलेशिया लगायतका खाडी मुलुकमा गएका हुन्छन् । विदेशमा पैसा कमाएर नेपालमा परिवार पाल्नेहरुले पैसा पठाउनको लागि विभिन्न उपायहरु खोजिरहेका हुन्छन् । विशेषतः भर्खरै विदेश गएकाहरुलाई सुरुमा पैसा पठाउनुपर्दा कसरी पठाउने होला भन्ने द्धिविधा हुन सक्छ । विदेशबाट नेपालमा आफ्ना आफन्तहरुलाई सुरक्षित रुपमा पैसा पठाउन बैंक खाता वा रेमिटेन्स कम्पनीहरुको माध्यम प्रयोग गर्न सकिन्छ । यसका लागि Prabhu money transfer, Western Union Money Transfer, IME, Money Gram जस्ता विभिन्न रेमिट्यान्स कम्पनिहरु सञ्चालनमा आएका छन् । बैंक खाताभन्दा रेमिटेन्सबाट पैसा पठाउन तुलनात्मक रुपमा सस्तो र सरल हुन्छ । पैसा पठाउने क्रममा अनौपचारिक र गैरकानूनी माध्यमहरु पनि भेटिन्छन् । यस्ता संयन्त्रमा आफूले पठाएको पैसाको कुनै ग्यारेन्टी नहुने हुनाले पैसा डुब्ने सम्भावना हुन्छ र यस्तो स्थितिमा यस्तो माध्यम प्रयोग नगर्नु नै राम्रो हुन्छ । 

कसरी पठाउने पैसा ?
रेमिटन्सबाट पैसा पठाउँदा आफूले रोजगारी गरिरहेको देश र पैसा पठाउन चाहेको देशमा उपलब्ध रेमिटेनस कम्पनीहरुमध्ये कुनैको काउन्टरमा गई पैसा पठाउने र प्राप्त गर्ने व्यक्ति, ठेगाना, रकम आदि जानकारीहरु एउटा फारममा भरेपछि रेमिटेन्स कम्पनीले एउटा गोप्य नम्बर पैसा पठाउने व्यक्तिलाई दिन्छ । फारममा पैसा प्राप्त गर्ने भनेर तोकिएको व्यक्तिले उक्त नम्बर र आफ्नो परिचय पत्र लिई उक्त रेमिटेन्स कम्पनीको काउण्टरमा गएमा सजिलै पैसा प्राप्त गर्न सकिन्छ । बैंकबाट बैंक खातामार्फत मात्र पैसा पठाउन सकिन्छ । यसका लागि पैसा पठाउने र प्राप्त गर्ने दुवै व्यक्तिको बैंक खाता हुनुपर्छ र बैंकको अन्तर्रा्िष्ट्रय सञ्जाल हुने पनि जरुरी हुन्छ । पैसा पठाउने व्यक्तिले पैसा प्राप्त गर्ने व्यक्तिको बैंकको नाम, खाता नम्बर र बैंकको एक अन्तर्रा्िष्ट्रय कोड जसलाई स्विफ्ट कोड (SWIFT-Society of Worldwide International Financial Software) भनिन्छ, यी जानकारीहरु बैंकमा उपलब्ध गराएपछि इच्छाइएको व्यक्तिको खातामा रकम पुग्नेछ । सो माध्यमबाट पैसा पठाउन साधारणतया रेमिटेन्सभन्दा महँगो पर्छ ।

यसकारण प्रयोग नगर्नुस् हुण्डी : कुसुम लामा, उपाध्यक्ष, प्रभु मनि ट्रान्सफर

kusum-lamaहुण्डीबाट पैसा पठाउँदा रिसिप्ट दिँदैनन् । हुण्डीले त्यो पैसा कहाँ दिने भन्ने विस्तृत व्याख्या पनि गर्र्दैन । भोलि त्यो मानिसले पैसा दिएन भने ‘मलाई तिमीले पैसा दिएको के आधार छ त ?’ भन्ने अवस्था आउन सक्छ । यसको मतलव हुण्डिमार्फत पैसा पठाएको ठोस प्रमाण प्रेषकसँग नहुन सक्छ । हुण्डीबाट रकम पठाउँदा वा ल्याउँदा बैँकलाईभन्दा बढी घाटा नेपाल सरकारलाई हुन्छ । किनकि, बैँकहरुले ग्राहकलाई सेवा दिएवापत सर्भिस चार्ज लिएका हुन्छन् र सर्भिस चार्जको ट्याक्स हामी तिरीरहेका हुन्छन् । वैदेशिक एक्सचेन्ज रेट तोकिएकै हुन्छ । वैधानिक च्यानलबाट रेमिट्यान्स नआइसकेपछि त्यो पैसा देशको खातामा आउँदैन र समग्रमा राष्ट्रलाई नै घाटा हुन्छ । त्यसैले, हुण्डीबाट पैसा आउने क्रमलाई रोक्न नेपाल सरकारले योजनावद्ध रुपमा अध्ययनको तयारी गर्नुपर्छ ।  रोजगारीका लागि  नेपालीहरु म्यानपावर मार्फत विदेश जान्छन् । म्यानपावरका विदेशमा भएका एजेण्ट एजेण्टलाई पैसा दिनै पर्ने हुन्छ । त्यसलाई अलिकती खुकुलो बनाइदिने हो भने हुण्डीको क्रम घट्थ्यो र बैंकिङ प्रक्रियामार्फत पैसा जाने आउने स्थिति सिर्जना हुने थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]