July 31st, 2017

सिभिल बैंकको सीईओमा गोबिन्द गुरुङ नियुक्त

सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा गोबिन्द गुरुङ्ग नियुक्त भएका छन् । किशोर महर्जनको पदावधि साउन १२ गते सकिएपछि गुरुङले सीईओको कार्यभार सम्हालेका हुन् । गत वैशाख १२ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत गुरुङ हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि यही साउन १२ गते सकिएपछि बैंकको नेतृत्व सम्हाल्न आएका हुन् ।

विगत २१ बर्षदेखि बैंकिङ्ग क्षेत्रमा सकृय गोबिन्द गुरुङ्ग गत वैशाख १२ गतेदेखि सिभिल बैंकमा नै कामु सीईओ थिए । उनी हिमालयन बैंक, तत्कालिन ग्लोबल बैंक, मेगा बैंक हुँदै सिभिल बैंकमा विगत ५ बर्ष देखि आवद्ध छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]