May 11th, 2017

सिभिल बैंकको मुनाफामा गिरावट, निष्कृय कर्जा २.३१ प्रतिशतले बढ्यो

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १५ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२ दशमलव ६१ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिलले १९ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

चार अर्ब ५८ करोड ३८ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब ३१ करोड २९ लाख रुपैयाँ राखेको छ । निक्षेपमा १९ दशमलब ८१ प्रतिशतले वृद्धि गरी ३३ अर्ब ८१ करोड १८ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा २९ अर्ब ८० करोड ७२ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २० दशमलव १६ प्रतिशतले बढेर ७३ करोड ३५ लाख रुपैयाँ पुगेको छ । बैंकको संचालन मुनाफा भने ९५ दशमलव ७८ प्रतिशतले घटेर तीन करोड रुपैयाँ पुगेको छ । 

यो अवधिमा २७ करोड ४४ लाख रुपैयाँ खराब कर्जा उठाएको बैंकले प्रोभिजनमा ४७ करोड ४९ लाख रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी चार दशमलव ५२ रुपैयाँ, मूल्य आम्दानी ६९ दशमलव ९३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २८ दशमलव ६४ रुपैयाँ र तरलता अनुपात २४ दशमलव ९८ प्रतिशत रहेको छ ।
त्यस्तै, बैंकको निष्कृय कर्जा दुई दशमलव ३१ प्रतिशतले बढेर चार दशमलव ४५ प्रतिशत पुगेको छ भने जोखिमयुक्त सम्पति चार दशमलव ५८ प्रतिशतले बढेर १७ दशमलव ७४ प्रतिशत पुगेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]