January 30th, 2018

सिनर्जी फाइनान्सले कमायो डेढ करोडभन्दा बढी मुनाफा

बैंकिङ खबर । सिनर्जी फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड ५५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१ दशमलव ६२ प्रतिशत कम हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा सिनर्जीले एक करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

४७ करोड ४४ लाख रुपैयाँ पूँजी भएको फाइनान्सको जगेडाकोष सात करोड ४५ लाख ६६ हजार रुपैयाँ नेगेटिभ रहेको छ । फाइनान्सले निक्षेपमा एक अर्ब ९२ करोड २५ लाख रुपैयाँ संकलन गरी एक अर्ब ५६ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । 

सिनर्जी फाइनान्सको खुद व्याज आम्दानी ४४ दशमलव ३८ प्रतिशतले घटेर दुई करोड ४५ लाख तीन हजार रुपैयाँ पुगेको छ भने संचालन १३ करोड ३६ लाख रुपैयाँ नोक्सानमा रहेको छ । यो अवधिमा १५ करोड २६ लाख ८४ हजार रुपैयाँ खराब कर्जा उठाएको बैंकले ११ करोड ४२ लाख एक हजार रुपैयाँ प्रोभिजन राखेको छ ।

पुस मसान्तमा सिनर्जी फाइनान्सको निष्कृय कर्जा २७ दशमलव ६३ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १४ प्रतिशत, प्रतिसेयर आम्दानी तीन दशमलव २७ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४७ दशमलव ४२ गुणा, तरलता अनुपात ४५ दशमलव १२ र प्रतिसेयर नेटवर्थ ८१ दशमलव ०१ रुपैयाँ रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]