November 19th, 2017

सिद्धार्थ बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

बैंकिङ खबर । सिद्धार्थ बैंकले उपत्यकाबाहिरका विभिन्न १५ स्थानीय तहमा विस्तार गर्न लागेका शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । सबै स्थानीय निकायमा बैंक शाखा पुर्याउने योजनाअनुसार, सिद्धार्थ बैंकले विभिन्न १५ वटा स्थानीय तहमा बैंक शाखा स्थापना गर्ने बताएको थियो । ती शाखा संचालनका लागि आवश्यक कनिष्ठ प्रशिक्षार्थी सहायक, कनिष्ठ सहायक तह, सहायक, बरिष्ठ सहायक र सुपरभाइजर पदमा दरखास्त आह्वान गरेको हो । 

सुपरभाइजरबाहेक अन्य पदका लागि बैंकले प्लस दुई उतीर्ण कर्मचारी मागेको छ भने सुपरभाइजरका लागि स्नातक उतीर्ण कर्मचारी मागेको छ । सबै पदका लागि अनुभव मागिएको छ । उमेर हद समेत निर्धारण गरिएका यी पदहरुमा यही मंसिर १५ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहास् ।

http://202.166.220.238:88/ 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]