February 5th, 2018

सिद्धार्थ बैंकको बेनी शाखाको औपचारिक शुभारम्भ

सिद्धार्थ बैंकले आइतबार (माघ २१ गते) बेनीको बेनी बजारमा एक विशेष समारोहका बीच बेनी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा गरे ।

यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै यी शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र यस स्थानका व्यापारी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्सटेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ एटीएम, र ६५० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]