January 29th, 2018

सिद्धार्थ फाउन्डेसनद्वारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग 

सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७,०००/– बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच  २०७४/१०/१२ गते बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य सूर्य प्रसाद श्रेष्ठलाई  हस्तान्तरण गरे ।

उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रामेश्वर प्रसाद बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदैजाने जानकारी गराए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]