June 18th, 2017

सिद्धार्थ डेभलपमेन्ट बैंकको ३८औं शाखा अर्घाखाँचीमा

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ३८औँ शाखा सन्धिखर्क–१, अर्घाखाँचीमा  स्थापित गरेको छ । नवनिर्मित शाखाको समुद्घाटन गर्दै अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी डिल्लीराज पोखरेलले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए ।

शाखा उद्घाटनसँगै बैंकले एटिएम सेवा समेत शुभारम्भ गरेको छ । एटिएम सेवाको उद्घाटन गर्दै बैंकका अध्यक्ष राम बहादुर भण्डारीले उक्त शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने जानकारी गराए ।

उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले स्वागत मन्तव्य राख्दै बैंकको शाखा कार्यालय विस्तारले ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउँदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार हुने धारणा राखे ।

जनता बैंक नेपालसँग एक्विजिशन हुने अन्तिम चरणमा रहेको सिद्वार्थ डेभलपमेन्ट बैंकको एक्विजिशन पश्चात नेपाल भर ११२ शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्राप्त गर्न सकिने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]