September 6th, 2016

सिद्धार्थको नगद लाभांश अब सिधै लगानीकर्ताको बैंक खातामा

siddarthaसिद्धार्थ म्युचुअल फण्डले लगानीकर्ताको बैंक खातामा नै नगद लाभांश जम्मा गरिदिने भएको छ । फण्डद्धारा सञ्चालित सिद्धार्थ लगानी बृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले लगानीकर्ताको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएका हुन् । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताले पाउने नगद लाभांस बैंक खातामा अनिवार्य रुपमा पठाउन निर्देशन दिएपछि त्यसको सुरुवात गर्ने यो नै पहिलो कम्पनी हो । यसअघि लाभांश लिन सम्बन्धित कम्पनीको मर्चेन्ट बैंकरकहाँ लगानीकर्ता स्वयं धाउनुपर्ने बाध्यता थियो ।  

सिद्धार्थ क्यापिटल शेयर रजिष्ट्रार भएको सिद्धार्थ म्युचुअल फण्ड अन्तरगतका सिद्धार्थ लगानी वृद्धि योजना १ र सिद्धार्थ इक्विटी ओरियण्टेड स्किमले केही दिन अघि आफ्ना लगानीकर्तालाई ३० प्रतिशत र १६ प्रतिशत नगद लाभांस बितरण गर्ने निर्णय गरेका थिए । सोही सम्बन्धमा सिद्धार्थ क्यापिटलले लगानीकर्ताहरुलाई उक्त नगद लाभांस बैंक खातामा पठाउने भन्दै बैंक खाता उपलब्ध गराउन सूचनामार्फत आग्रह गरेको छ । फण्डले भदौ २१ गते मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै नगद लाभांशका लागि असोज ४ गते भित्र बैंक खाता उपलब्ध गराउन लगानी कर्तालाई आग्रह गरेको हो । 

यी दुबै योजनाको आउँदो शुक्रबार खाता बन्द हुनेछ । बिहिबारसम्म कायम इकाईधनीले प्रतिफल लिन आफ्नो विवरण दिन सक्नेछन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]