February 15th, 2018

सिटिजन लाइफ इन्स्योरेन्सको सीईओमा पोषकराज पौडेल नियुक्त

बैंकिङ खबर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पोषकराज पौडेल नियुक्त भएका छन् । यसअघि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीमा वित्त प्रमुख रहेका पौडेललाई कम्पनीले गत साता सीईओ नियुक्त गरेको हो ।

पौडेलसँग बीमा क्षेत्रमा १५ वर्ष, वित्तीय  क्षेत्रमा ६ वर्षको अनुभव रहेको छ । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए,एसिएस र एफएलएमआई अध्ययन गरेका छन् भने अन्तराष्ट्रिय क्षेत्रमा तालिम समेत लिएका छन् ।

गत कात्तिकदेखि व्यवसायिक कारोबार थालेको इन्स्योरेन्सले हालसम्म ३२ वटा शाखा विस्तार गरिसकेको छ । कम्पनीको चुक्तापुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]